१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

छिमेकीसँग राम्रो सम्बन्ध होस भन्ने चाहन्छौं, तर अनावश्यक हस्तक्षेप सहन्नौं : प्रचण्ड



काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग आफुहरुको तुलना हुन नसक्ने बताएका छन् ।

विपक्षी गठबन्धनका तर्फबाट संसद भवन नयाँ वानेश्वरमा सम्पादहरुसँगको अन्तक्र्रियामा बोल्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र बचाउन चाहने र लोकतन्त्र समाप्त पार्न चाहने पात्रबीच तुलना हुन नसक्ने बताएका हुन् ।

प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि आफुहरु एक भएको बताए । तर, केपी ओलीले संविधान, लोकतन्त्र र राष्ट्रियता नै समाप्त पार्न चाहने केपी ओली उस्तै उस्तै हुन नसक्ने जिकिर गरे ।

प्रधानमन्त्री पद सजिलै त्याग गर्ने प्रचण्ड र प्रधानमन्त्री पदका लागि देश र व्यवस्था डुबाउने ओली उस्तै त होइनन्’ प्रचण्डले भने, ‘२०६२ सालमा जनआन्दोलन सुरु गर्नुअघि बयलगाढाको सिद्धान्त बनाउने केपी ओली र बुटवलबाट गणतन्त्रका लागि संघर्षको घोषणा गर्ने माधव नेपाल कसरी उस्तैउस्तै भए ?’, शेरबहादुर देउवासँग पनि ओलीको तुलना हुन नसक्ने बताए ।

प्रचण्डले पाँच जना पूर्वप्रधानमन्त्रीहरुले जिम्मेवारीपूर्वक विज्ञप्ति जारी गरेको स्पष्ट पारे । नेपालको बारेमा नेपालीले मात्रै निर्णय गर्न पाउनुपर्छ भन्दै प्रचण्डले नेपालको आन्तरिक मामिलामा विदेशीको चलखेल अस्वीकार गरिएको बताए । उनले भने, ‘विदेशीको आर्शिवाद पाउन आफुहरुले नखोजेको बताए । छिमेकीसँग राम्रो सम्बन्ध होस भन्ने चाहन्छौं तर अनावश्यक हस्तक्षेप सहन्नौं ।

प्रचण्डले पाँच दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गरे । लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि आधारभूत मान्यतामा सहमत गरेर लामो छलफल र अन्तक्र्रियापछि गठबन्धनको आधार तयार भएको उनले बताए । उनले २०४६ सालमा पञ्चायत समाप्त गर्न लोकतन्त्रवादी र वामपन्थीबीचको मोर्चा भएको स्मरण गर्दै अहिले पनि ओलीको निरंकुशता समाप्त पार्न सिद्धान्तनिष्ठ रुपमा गठबन्धन बनाइएको बताए । यो गठबन्धन यौटा प्रधानमन्त्री हटाएर अर्को प्रधानमन्त्री बनाउन मात्र नबनाइएको उनले स्पष्ट पारे ।

प्रचण्डले माधवकुमार नेपाल र उपेन्द्र यादवहरुलाई अप्ठेरोमा पार्न विभिन्न षड्यन्त्र गरिएको दाबी गर्दै दुवै पक्षलाई रेस्क्यू गर्न आफुहरुले सहयोग गर्ने बताए ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ४ : ३५ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण