७ आश्विन २०८३, बुधबार | September 23, 2026

छिमेकीसँग राम्रो सम्बन्ध होस भन्ने चाहन्छौं, तर अनावश्यक हस्तक्षेप सहन्नौं : प्रचण्ड



काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग आफुहरुको तुलना हुन नसक्ने बताएका छन् ।

विपक्षी गठबन्धनका तर्फबाट संसद भवन नयाँ वानेश्वरमा सम्पादहरुसँगको अन्तक्र्रियामा बोल्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र बचाउन चाहने र लोकतन्त्र समाप्त पार्न चाहने पात्रबीच तुलना हुन नसक्ने बताएका हुन् ।

प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि आफुहरु एक भएको बताए । तर, केपी ओलीले संविधान, लोकतन्त्र र राष्ट्रियता नै समाप्त पार्न चाहने केपी ओली उस्तै उस्तै हुन नसक्ने जिकिर गरे ।

प्रधानमन्त्री पद सजिलै त्याग गर्ने प्रचण्ड र प्रधानमन्त्री पदका लागि देश र व्यवस्था डुबाउने ओली उस्तै त होइनन्’ प्रचण्डले भने, ‘२०६२ सालमा जनआन्दोलन सुरु गर्नुअघि बयलगाढाको सिद्धान्त बनाउने केपी ओली र बुटवलबाट गणतन्त्रका लागि संघर्षको घोषणा गर्ने माधव नेपाल कसरी उस्तैउस्तै भए ?’, शेरबहादुर देउवासँग पनि ओलीको तुलना हुन नसक्ने बताए ।

प्रचण्डले पाँच जना पूर्वप्रधानमन्त्रीहरुले जिम्मेवारीपूर्वक विज्ञप्ति जारी गरेको स्पष्ट पारे । नेपालको बारेमा नेपालीले मात्रै निर्णय गर्न पाउनुपर्छ भन्दै प्रचण्डले नेपालको आन्तरिक मामिलामा विदेशीको चलखेल अस्वीकार गरिएको बताए । उनले भने, ‘विदेशीको आर्शिवाद पाउन आफुहरुले नखोजेको बताए । छिमेकीसँग राम्रो सम्बन्ध होस भन्ने चाहन्छौं तर अनावश्यक हस्तक्षेप सहन्नौं ।

प्रचण्डले पाँच दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गरे । लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षाका लागि आधारभूत मान्यतामा सहमत गरेर लामो छलफल र अन्तक्र्रियापछि गठबन्धनको आधार तयार भएको उनले बताए । उनले २०४६ सालमा पञ्चायत समाप्त गर्न लोकतन्त्रवादी र वामपन्थीबीचको मोर्चा भएको स्मरण गर्दै अहिले पनि ओलीको निरंकुशता समाप्त पार्न सिद्धान्तनिष्ठ रुपमा गठबन्धन बनाइएको बताए । यो गठबन्धन यौटा प्रधानमन्त्री हटाएर अर्को प्रधानमन्त्री बनाउन मात्र नबनाइएको उनले स्पष्ट पारे ।

प्रचण्डले माधवकुमार नेपाल र उपेन्द्र यादवहरुलाई अप्ठेरोमा पार्न विभिन्न षड्यन्त्र गरिएको दाबी गर्दै दुवै पक्षलाई रेस्क्यू गर्न आफुहरुले सहयोग गर्ने बताए ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ४ : ३५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११