१५ चैत्र २०८२, आइतबार | March 29, 2026

कोरोना विरुद्धको चिनियाँ ‘भेरोसेल’ खोपको दोस्रो डोज असार २२ देखि लगाइने



काठमाडौं । कोरोना भाइरस विरुद्धको चिनियाँ भेरोसेल खोप लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ ।

गत जेठ २५ गतेदेखि २९ गतेसम्म खोप पहिलो डोज खोप लगाएका नागरिकलाई असारको अन्तिम साता दोस्रो डोज खोप लगाइने भएको हो । स्वास्थ्य सेवा विभागको खोप शाखाका अनुसार ३ लाख ७० हजार नागरिकले भेरोसेलको पहिलो डोज खोप लगाएका छन् ।

चिनियाँ राष्ट्रपति सी चिङफिङले घोषणा गरेअनुसार चीन सरकारबाट अनुदानमा प्राप्त १० लाख डोज खोपमध्ये सरकारले ६० वर्षदेखि ६४ वर्ष उमेर समुहका नागरिकलाई खोप लगाइएको थियो । भेरोसेलको पहिलो डोल लगाएको चार हप्तामा दोस्रो डोज लगाउनुपर्छ ।

अनुदानमा प्राप्त चिनियाँ खोप सरकारले दोस्रो डोज समेत लगाउन पुग्ने गरी अड्कलेर लगाएको थियो । यसअघि भारतीय कोभिसिल्ड खोप तत्कालै आइहाल्छ भन्ने भ्रममा झण्डै १७ लाख पहिलो डोज खोप लगाईंदिँदा स्टक अभावका कारण झण्डै साढे १३ लाख जेष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन पाएका छैनन् ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ३ : ५७ बजे

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल