२१ मंसिर २०८२, आइतबार | December 8, 2025

कांग्रेस १४ औं महाधिवेशन : सभापतिको आकांक्षी को-को ?



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा सो पार्टीका तीन संस्थापक नेताका पुत्रहरूबीच निकटता पनि बढ्दै गएको छ ।

महाधिवेशनको सरगर्मीसँगै हालका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच महाधिवेशनमा अपनाउने रणनीति र योजनाका विषयमा गम्भीर छलफल र भेटघाटले तीव्रता पाउँदै गएको हो ।

निधि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र हुन् भने कोइराला बीपी पुत्र हुन् । यस्तै, सिंह गणेशमान सिंहका पुत्र हुन् । शुक्रबार महामन्त्री कोइरालाको निवास महाराजगन्जमा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा तीन नेताबीच छलफल भएको थियो । महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले आसन्न महाधिवेशन, सरकारका गतिविधि, आगामी निर्वाचनलगायतका विषयमा नेता त्रयबीचमा छलफल भएको जानकारी दिए ।

उनका अनुसार छलफलका क्रममा महाधिवेशनमा प्रतिस्पर्धा भए पनि आगामी महाधिवेशनबाट नेता कार्यकर्तामा कसरी एकताको सन्देश दिने र नेताहरूबीच सद्भाव कायम राख्ने भन्ने विषयमा छलफल भएको छ ।

यसअघि उपसभापति निधिको घरमा गत सोमबार नेता त्रयबीच छलफल भएको थियो । सो छलफलमा आफ्ना अग्रजको पार्टीप्रतिको योगदानलाई स्मरण गरेर सहमतिका साथ अघि बढ्ने सहमति भएको थियो ।

सोही बैठकमा जुटेको सहमतिअनुसार शुक्रबार पुनः नेता त्रयबीच महामन्त्री कोइरालाको निवासमा छलफल भएको हो । यसपछिको छलफल पूर्वमहामन्त्री सिंहको चाक्सीबारीस्थित निवासमा हुने तिवारीले जानकारी दिए ।् ।

यी तीनै नेताले आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि इच्छा देखाउँदै आइरहेका छन् । निधिले संस्थापन समूहलाई नै नेतृत्वमा आफ्नो दाबी हुने भन्दै चुनौती दिँदै आइरहेका छन् । संस्थापनबाट सभापति शेरबहादुर देउवाले पनि नेतृत्वमा दाबी गर्दै आइरहेका छन् ।

यसअघि निधिले नेतृत्व परिवर्तनका पक्षमा रहेका कांग्रेसका नौ युवा नेतासँग पनि छलफल गरेका थिए । युवा नेताहरूले पार्टीमा रूपान्तरण र पुस्तान्तरणको एजेन्डामा साथ दिने भन्दै आकांक्षीबीच संवाद गर्न निधिलाई सुझाएका थिए ।

त्यसअघि निधिले नेता कृष्णप्रसाद सिटौला र बलबहादुर केसीसँगसमेत निवासमा नै पुगेर पार्टी नेतृत्वका लागि आफू अघि बढेको भन्दै सघाउन आग्रह गरेका थिए ।

पौडेल समूहमा आठ आकांक्षी

महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल सामूहले पनि छलफल अघि बढाएको छ । पौडेल समूहले शुक्रबार राजधानीको बसुन्धारास्थित दियालो फुडल्यान्डमा आगामी महाधिवेशनबारे रणनीतिक छलफल गरेको हो । पौडेलले नेतृत्व गरेको समूहमा मात्रै आगामी नेतृत्वका लागि आठ जना आकांक्षी छन् ।

सो समूहबाट वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू डा शेखर कोइराला, अर्जुननरसिंह केसी, डा रामशरण महत, नेत्री सुजाता कोइराला र कल्याण गुरुङले पार्टीको नेतृत्वका लागि चाहना राख्दै आइरहेका छन् ।

कांग्रेस नेत्री सुजाता कोइरालाले पार्टीको महाधिवेशन र क्रियाशील सदस्यताको विषयमा शुक्रबारको बैठकमा छलफल भएको र आगामी दिनमा पुनः छलफलमा बसेर नेतृत्वबारे निर्णयमा पुग्ने जानकारी दिइन् ।

‘छलफल सुरु भएको छ, क्रियाशील सदस्यता र महाधिवेशनबारे शुक्रबार छलफल भयो, पार्टी नेतृत्वबारे हामी फेरि छलफलमा बस्छौं,’ नेत्री कोइरालाले राजधानीसँग भनिन् ।

यो समूहमा आफ्नो समूहबाट नेतृत्वका लागि आकांक्षा देखाएकाहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने नै चुनौती देखिएको छ । तर, हालको संस्थापनतर्फबाट सभापति शेरबहादुर देउवासहित उपसभापति विमलेन्द्र निधि पनि उम्मेदवार बन्ने भन्दै भेटघाट बढाएपछि यो समूह हौसिएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ६ : ५६ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब