२६ बैशाख २०८१, बुधबार | May 8, 2024

युरोकप फुटबल : आजदेखि नकआउट चरणका खेल सुरु, आज दुई खेल हुँदै



काठमाडौं । युरोकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु शुरू हुँदैछन् । नकआउट चरण अन्तर्गत आज राति दुई खेल हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क तथा दोस्रो खेलमा इटाली र अष्ट्रिया भिड्दै छन् ।

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९:४५ बजे शुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डेनमार्क समूह चरणमा फिनल्याण्ड र बेल्जियमसँग पराजित भएको थियो भने अन्तिम खेलमा रुसलाई हराएको थियो ।

वेल्स भने समूह चरणको पहिलो खेलमा स्वीट्जरल्यान्डसँग बराबरीमा रोकिएकोमा दोस्रो खेलमा टर्की र तेस्रो खेलमा इटालीलाई हराउदै अन्तिम १६ मा पुगेको हो ।

डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ ।

आजै राति इंग्ल्यान्डमा इटाली र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल राति १२:४५ बजे हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले टर्की, स्वीट्जरल्यान्ड र वेल्सलाई हराउँदै अन्तिम १६ मा पुगेको हो ।

अष्ट्रियाले नर्थ म्यासेडोनिया र युक्रेनलाई पराजित गरेको थियो भने नेदरल्यान्ड्ससँग हारेको थियो । इटाली र अष्ट्रियाबीच अहिलेसम्म भएका १३ खेलमा इटालीले एक खेल पनि हारेको छैन ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : ४४ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s