१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

धनुषाका पाँच स्थानीय तहले ल्याउन सकेनन नीति तथा कार्यक्रम र बजेट



धनुषा । धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन ।

जिल्लाका १८ मध्ये पाँच स्थानीय तहले निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो ।

असार १० गतेभित्र नगर तथा गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण बिहीबार अन्तिम दिन जिल्लाका एक उपमहानगरपालिका, ८ नगरपालिका र ४ गाउँपालिकाले एकै दिन बजेट पारित गरेका छन् ।

गणेशमान चारनाथ नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र धनौजी गाउँपालिकाले आवश्यक तयारी नपुगेको भन्दै निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको जनाएको छ ।

त्यस्तै निर्धारित समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउने स्थानीय तहमा जनकपुरधाम उपमहानगरपालिका, मिथिला नगरपालिका, हंसपुर नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, नगराईन नगरपालिका, विदेह नगरपालिका, मिथिला बिहारी नगरपालिका, औरही गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र बटेश्वर गाउँपालिका छन् ।

तीमध्ये क्षीरेश्वरनाथ नगरपालिका र लक्ष्मीनिया गाउँपालिकाले बुधवार र बाँकीले बिहीबार एकै दिन नगर तथा गाउँसभामार्फत आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिकाले १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार, मिथिला नगरपालिकाले ६५ करोड १८ लाख ५० हजार २३० रुपैयाँ २० पैसा, हंसपुर नगरपालिकाले ६२ करोड ८० लाख ५६ हजार, क्षीरेश्वरनाथ नगरपालिकाले ६१ करोड २४ लाख ६१ हजार, धनुषाधाम नगरपालिकाले ५६ करोड ५१ हजार, सबैला नगरपालिकाले ६३ करोड ५२ लाख ५० हजार, नगराईन नगरपालिकाले ४७ करोड १९ लाख, विदेह नगरपालिकाले ५९ करोड, मिथिला बिहारी नगरपालिकाले ५० करोड ५५ लाख ५५ हजार, औरही गाउँपालिकाले ३८ करोड १९ लाख ५० हजार, लक्ष्मीनिया गाउँपालिकाले ३० करोड ३० हजार, मुखियापट्टी मुसहरनिया गाउँपालिकाले ४६ करोड ३५ लाख ३८ हजार ६८२ र बटेश्वर गाउँपालिकाले ३६ करोड १५ लाख ५० हजारको बजेट ल्याएको छ ।

बजेट पारित गरेका अधिकांश स्थानीय तहले पुरानै योजनालाई निरन्तरता दिँदै सडक पूर्वाधार, कृषि र शिक्षालगायत क्षेत्रलाई प्राथमिकता दिएका छन् । रासस

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ७ : ४७ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट