५ पुस २०८२, शनिबार | December 20, 2025

भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने निर्णयमा चितवन कांग्रेसको आपत्ती



चितवन। चितवनमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छोडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान वनाउने निर्णय गरेकोप्रति नेपाली कांग्रेस चितवनले आपत्ती जनाएको छ ।

सभापति जीतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाई यहाँको विपी क्यान्सर अस्पताललाई त्यसको मातहतमा राख्ने निर्णयप्रति आपत्ती रहेको जनाईएको छ ।

आफ्नै स्वायत्त ऐन, पर्याप्त पुर्वाधार भएको देशकै पहिलो र जननिर्वाचित प्रधानमन्त्रीको नाममा रहेको अस्पताललाई राजनीतिक पूर्वाग्रह राखी सरकारले निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । सरकारले गरेको उक्त निर्णय तत्काल सच्याउन समेत आग्रह गरिएको छ । साथै विज्ञप्तिमा राष्ट्रिय स्तरको क्यान्सर रोग अध्ययन प्रतिष्ठान यही अस्पताललाई बनाई यथावत राख्न समेत काङ्ग्रेसले माग गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १० : २९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य