१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउने निर्णयमा चितवन कांग्रेसको आपत्ती



चितवन। चितवनमा रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छोडेर सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान वनाउने निर्णय गरेकोप्रति नेपाली कांग्रेस चितवनले आपत्ती जनाएको छ ।

सभापति जीतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा सरकारले भक्तपुर क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाई यहाँको विपी क्यान्सर अस्पताललाई त्यसको मातहतमा राख्ने निर्णयप्रति आपत्ती रहेको जनाईएको छ ।

आफ्नै स्वायत्त ऐन, पर्याप्त पुर्वाधार भएको देशकै पहिलो र जननिर्वाचित प्रधानमन्त्रीको नाममा रहेको अस्पताललाई राजनीतिक पूर्वाग्रह राखी सरकारले निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । सरकारले गरेको उक्त निर्णय तत्काल सच्याउन समेत आग्रह गरिएको छ । साथै विज्ञप्तिमा राष्ट्रिय स्तरको क्यान्सर रोग अध्ययन प्रतिष्ठान यही अस्पताललाई बनाई यथावत राख्न समेत काङ्ग्रेसले माग गरेको छ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  १० : २९ बजे

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको

रास्वपालाई सिंहदरबार बदल्न जनताले जिम्मेवारी दिएका छन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले आफ्नो

व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौं । व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।