७ आश्विन २०८३, बुधबार | September 23, 2026

१४९ जनाको हस्ताक्षर राष्ट्रपति कहाँ, १४६ हस्ताक्षर सर्वोच्चमा भएपछि शेरबहादुरजी प्रधानमन्त्री हुनु पर्दैन ? : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताएका छन्।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले शनिबार पत्रकारहरुसँग गरेको छलफलमा प्रचण्डले राष्ट्रपति कार्यालयमा १४९ र सर्वोच्च अदालतमा १४६ सांसदको हस्ताक्षर प्रस्तुत भएको बताउँदै अव केहि दिनमा देउवा प्रधानमन्त्री बन्ने दाबी गरे । उनले प्रधानमन्त्रीले आफूलाई देखाएर अदालतलाई धक्याउन थालेको बताउँदै आफूले नबोलेको कुरा पनि बोलेको भनेर प्रचार गरिएको बताए । ‘मैले संविधानअनुसार अदालतले पक्कै गर्छ भनेको हुँ । अहिले पनि भन्छु, संसद पुनर्स्थापना हुनुपर्छ, प्रधानमन्त्री शेरबहादुर देउवाजी नै हुनुपर्छ ।’प्रचण्डले भने, ‘१४९ जनाको हस्ताक्षर राष्ट्रपति कहाँ छ, १४६ जनाको हस्ताक्षर सर्वोच्चमा । अनि शेरबहादुरजी प्रधानमन्त्री हुनु पर्दैन ?’

संविधानको धारा ७६[५] सांसदहरुको विशेषाधिकारका रुपमा राखिएको भन्दै प्रचण्डले अदालतले संविधान अनुसार निर्णय गर्छ भन्ने विश्वास रहेको बताए । उनले अघि भने, ‘केपी अहिले पनि अदालतलाई धम्क्याउन थालेका छन्, थर्काउन थालेका छन् । ’

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ६ : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई