२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : इटाली क्वाटरफाइनल प्रवेश



काठमाडौं । अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै इटाली युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इंग्ल्याण्डको वेम्बली स्टेडियममा शनिबार राति भएको प्रि-क्वाटरफाइनलमा इटाली र अष्ट्रियाले निर्धारित ९० मिनेटमा गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

जसमा इटाली भाग्यमानी सावित भयो । अतिरिक्त समयमा इटालीले वैकल्पिक खेलाडीको मद्दतमा २( १ को जित निकाल्यो । खेलको सुरुवातदेखि नै इटालीले बल पोसेसनमा पकड जमाएको थियो । तर, अष्ट्रेलियाका डिफेन्डरको चुनौति पन्छ्याउन नसक्दा खेलमा अग्रता लिन सकेको थिएन ।

दोस्रो हाफमा अष्ट्रियाले गोल गरेपनि भीएआरले मान्यता नदिँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो । ९५ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेडरिको चिइसाले अष्ट्रियाका डिफेन्डरलाई करिब ६ यार्डबाट बिट गर्दै प्रहार गरेको बल गोलमा परिणत भएको थियो । उनी खेलको ८४ औं मिनेटमा डोमिनिको बेरार्डीको स्थानमा मैदान प्रवेश गरेका थिए। उनको यो जारी प्रतियोगितमा पहिलो गोल हो ।

१०४ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले प्रहार गरेको फ्रिकिकलाई ब्याकमानले उत्कृष्ट डाइभ दिँदै विफल पारे । यस्तै, १०५ औं मिनेटमा माटियो पेसीनाले इटालीको अग्रता दोब्बर बनाए । उनले पेनाल्टी क्षेत्रभित्र डिफेन्सले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए ।

उनी ६७ औं मिनेटमा निकोला बरेलाको स्थानमा मैदान प्रवेश गरेका थिए । उनको यो गोल जारी प्रतियोगितामा दोस्रो हो । यसअगाडी उनले समूह चरणमा वेल्सविरुद्ध गोल गरेका थिए ।

१०६ औं मिनेटमा डोनारुम्माले राम्रो बचाउ गर्दै इटालीको अग्रता जोगाए । उनले लुइस स्वाउबले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई आफ्नो बायाँतर्फ डाइभ दिँदै बचाएका थिए ।

यस्तै, खेलको ११४ औं मिनेटमा अष्ट्रेलियाका सासा कालाजजिकले सान्त्वना गोल गरे । लुइस स्वाउबको कर्नरमा वैकल्पिक फरवार्ड सासाले निअर पोस्टमा डाइभिङ हेडर गर्दै गोल गरे । यससँगै इटालीले लगातार ११ खेलमा गोल नखाएको कीर्तिमानमा पुर्णविराम लागेको छ ।

त्यसअगाडी १७ औं मिनेटमा निकोलो बारेल्लाको प्रहारलाई गोलरक्षक ड्यानीएल ब्याकमानले खुट्टाले बचाएका थिए । त्यसको दुई मिनेटपछि नै बारेल्लाको प्रहारलाई डिफेन्डर हिन्टरेगरले छेक्दै गोलको खतरा टारे । ३२ औं मिनेटमा इटालीका चिरो इम्मोबिलेले झन्डै २७ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक ब्याकमानलाई बिट गरेपनि पोस्टमा लाग्दै बाहिरिएको थियो ।

३६ औं मिनेटमा डेविड अलाबाको फ्रिकिक क्लियर गरेपछि आएको अवसरलाई इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले सहजै बचाएका थिए । यस्तै,६५ औं मिनेटमा अष्ट्रियाका मार्को अर्नाउटोभिचले गोल गरेका थिए । लाइनरको क्रसलाई अलाबाले हेडर गरेपछि फार पोस्टमा अर्नाउटोभिचले पोस्टको दिशा दिएका थिए । तर, भिडिओ असिस्टेन्ट रेफ्री (भीएआर)ले अर्नाउटोभिचको अन्तिम टचलाई अफसाइड भन्दै गोलको मान्यता दिएन ।

८२ औं मिनेटमा स्पिनाजोलाको क्रसमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा बेरार्डीको एक्रोब्याटिक प्रहारले दिशा लिन सकेन । यस खेलको विजेताले आइतबार हुने बेल्जियम र पोर्चुगलबीच खेलको विजेतासँग खेल्नेछ । उक्त क्वाटरफाइनल खेल २ जुलाईमा म्युनिखमा हुनेछ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ६ : ४४ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न