२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कांग्रेस १४ औं महाधिवेशन : समीकरण बनाउदै नेताहरु



काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट-उपगुटको क्रियाशील बढ्न थालेको छ ।

महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरूले सुरु गरेको राजनीतिक सक्रियताले पुराना आन्तरिक गुट भत्कँदै नयाँ समीकरण निर्माणतिर अग्रसर हुन थालेको छ ।

पार्टी महाधिवेशन हुने निधो भएपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः दोहोरिने घोषणा गर्दै आन्तरिक भेटवार्ता तीव्र पारेसँगै अन्य नेताहरू गुट-उपगुटको चियाचमेनामा क्रियाशील हुन थालेका हुन् ।

सभापति देउवाको यसअघिको समूहबाट पार्टी उपसभापति विमलेन्द्र निधि र पाका नेता गोपालमान श्रेष्ठले सभापतिमा उम्मेदवारी दिने दाबी गरेपछि त्यस गुटमा पराकम्प जान थालेको छ तर नेता श्रेष्ठको उम्मेदवारी बार्गेनिङका रूपमा मात्रै हो भन्नेहरू पनि छन् ।

यो अवस्थामा निधिबाहेक देउवाले आफ्नो पुरानो समूहलाई एकढिक्का राख्न सक्ने अरू गुटकै सदस्य भन्ने गर्छन् । निधि बाहिर भए पनि पुरानालाई समेट्दा देउवाको पल्ला तल नझर्ने विश्लेषण भीमसेनदास प्रधानको छ । उनी अघिल्लो महाधिवेशनमा पहिलो चरणमा कृष्णप्रसाद सिटौला र दोस्रो चरणमा देउवा नेतृत्वलाई सभापति बनाउनेमा पर्छन् । ऐतिहासिक ‘लिगेसी’ जोडिएका तीन जना नेता निरन्तर भेट्न थालेपछि त्यसको चर्चा पनि बढ्न थालेको छ ।

बीपी कोइरालाका पुत्र महामन्त्री डा.शशाङ्क कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र नेता महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिबीच शुक्रबार कोइराला निवास महाराजगञ्जमा भेटवार्ता भएको छ । यो एक सातामा दोस्रो भेट हो । यसअघि निधिको निवासमा यसै साता मात्रै तीन जना नेताका बीच पार्टीको महाधिवेशनलाई केन्द्रबिन्दुमा राखेर लञ्च मिटिङ भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : ४६ बजे

मधेस प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेको सम्पूर्ण निर्णय बदर

काठमाडौं । मधेस प्रदेश सरकारले कात्तिक २३ गतेदेखि मंसिर १७

प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले