१६ बैशाख २०८१, आइतबार | April 28, 2024

प्रतिनिधिसभा विघटन मुद्दा : रिट निवेदकको बहस सकिँदै, सरकारी पक्षले आजै बहस सुरु गर्ने



काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दामाथि संवैधानिक इजलासमा आज पनि बहस हुँदैछ ।

आज शेरबहादुर देउवासहित १४६ जना रिट निवेदका तर्फबाट हुने बहस सकिँदैछ । पहिलो चरणमा बहसका लागि कुल १२ घण्टाको समय पाएको रिट निवेदकको २ घण्टा ३५ मिनेट समय बाँकी छ । आज वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सतिसकृष्ण खरेल लगायतले बहस गर्दैछन् ।

लगातार ३ दिनसम्म बहस गरेका रिट निवेदकका कानूनव्यवसायीहरुले राष्ट्रपतिले १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि संविधानको धारा ७६ ५ को आफुखुशी व्याख्या गरेर देउवालाई प्रधानमन्त्री नबनाएको जिकिर गरेका छन् । रिट निवेदकहरुले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिनुपर्ने र धारा ७६ ५ मा दलीय ह्वीप नलाग्ने व्यख्या गरिनुपर्ने बताएका छन् ।

निर्धारित समयमा बहस सकिएपछि विपक्षीको तर्फबाट बहस सुरु हुनेछ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ । चिया समयपछि विपक्षीबाट बहस सुरु हुनेछ । महान्यायाधिवक्ता रमेश बडालले सरकारको तर्फबाट बहस गर्नेछन् । उनले सबैभन्दा लामो बहस गर्नेछन् । त्यसपछि महान्यायाधिवक्ताहरु र अन्य वकिलहरुले बहस गर्नेछन् । इजलासले विपक्षीलाई बहसका लागि १५ घण्टाको समय छ्ट्याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते संविधानको धारा ७६ ५ अनुसार सरकार बन्न नसकेको बताएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन । त्यसविरुद्ध १४६ जना सांसदसहित ३० वटा अलगअलग रिट परेको थियो ।
रिटमाथि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भैरहेको छ ।

 

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ९ : २२ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क