१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कोभिडका कारण साङ्केतिक रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाइने



काठमाडौं । कोभिड-१९ सङ्क्रमणका कारण यही असार १५ गते मुलुकभर साङ्केतिक रूपमा १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइने भएको छ । सकेसम्म सरकारी फार्म भित्रै सिमित गरेर दिवस मनाइने तयारी गरिएको छ ।

जिल्लास्तरका कार्यक्रमसमेत सरकारी फार्ममा मनाउन निर्देशन गरिएको कृषि विभागले जनाएको छ । ‘धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ मनाउन लागिएको यसपटकको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक ९हिलो छ्याप्ने० कार्यक्रम गरिने छैन ।

“यसपाली महोत्सव कै लागि मापदण्ड तय गरिएको छ”, विभागका निमित्त महानिर्देशक जानुका पण्डितले भने, “सकेसम्म मानिस कम सहभागि गराएर धान दिवस मनाइन्छ ।” केन्द्रीयस्तरमा भने यसपाली कृषि अनुसन्धान परिषद्को खुमलटारस्थित फार्ममा मनाइने उनले जानकारी दिए । धान दिवसको महत्व जोगाउन, प्रचारप्रसार तथा परम्परालाई निरन्तरता दिन आवश्यक स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दिवस मनाइने कृषि विभागले जनाएको छ ।

कृषि कर्मलाई नियमित राख्न नसके निकट भविश्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउन सक्ने सम्भावना रहेकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ कृषिका गतिविधि नियमित गर्नुपर्ने निष्कर्ष कृषि तथा पशुपक्षी मन्त्रालयको छ । त्यसैले कोभिडका समयमा जारी गरिएको निषेधाज्ञाबीच सरकारले कृषि कर्मलाई चलायमान गराउन सहजीकरण गर्दै आइरहेको छ । कृषि मन्त्री वशन्तकुमार नेम्वाङकै उपस्थितिमा स्वास्थ्य मापदण्डण्को पूर्ण पालना गरी असार १५ मा दिवस मनाइने कृषि विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

कृषि मन्त्रालयका प्रवक्ता डा श्रीराम घिमिरेले मन्त्रालयले धानबाली सुरक्षित गर्दै क्षेत्र विस्तार र उत्पादन वृद्धिका कार्यक्रम अघि सारिएको जानकारी दिए । उनका अनुसार जमिनको सुरक्षा, शुद्ध बीउ, सिचाइं कार्यक्रम, जातको विकास गरी धानमा आत्मनिर्भर बनाउने सरकारी लक्ष पूरा गर्नतर्फ मन्त्रालय अग्रसर भएको छ ।

नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने विभागले जनाएको छ । प्राप्त विवरणअनुसार अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत प्रतिशतल वृद्धि भएको जनाइएको छ । विभिन्न कारण आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।

दिवस बनाउन मापदण्ड बनाइयो

दिवस मनाउने सन्दर्भमा कृषि विभागले आवश्यक मापदण्ड समेत तय गरेको छ । जसअनुसार नेपाल सरकारले तोकेका सबै मापदण्डको पूर्ण पालना गर्नुपर्ने छ ।

कार्यक्रममा न्यूनतम दुई मिटरको सामाजिक (भौतिक) दूरी कायम हुने गरी साना समुहमा रोपाइँ महोत्सव आयोजना गरिने मापदण्डमा उल्लेख छ । कार्यस्थलमा उपयोग भएका फर्निचरलगायत अन्य सामग्री निसङ्क्रमण गरिनेछ । प्रदेश तथा स्थानीयस्तरमा धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदा संयुक्त रूपमा सम्भव भएसम्म सरकारी फार्म केन्द्रमा आयोजना गरिने जनाइएको छ ।

महोत्सव प्रवेश विन्दुमा सकेसम्म तापक्रम तथा अन्य लक्षणको पूर्व परीक्षण गर्ने, १०० डिग्रीमाथि ज्वरो आएमा कार्यक्रमस्थलमा प्रवेश रोक लगाउने, रोपाइँ खेतमा पनि ससाना समूहमा पर्याप्त दूरी कायम गरी सहभागि हुने, अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक (हिलो छ्याप्ने) गतिविधि नगर्ने मापदण्डमा उल्लेख छ ।

दही चिउरा खाने बेला तथा आवजतजावत गर्दा मापदण्ड अनुसारको दूरी कायम गर्ने तथा सम्भव भएसम्म प्रविधि र मेसिनको प्रयोग गरेर दिवस मनाउन भनिउको छ । कार्यक्रममा थोरै मानिस संलग्न गराउने, राम्ररी साबुन पानीले हात धुने र सेनिटाइजसको प्रयोग तथा मनत्रालयबाट जारी भएका सबै मापदण्ड पालना गरी कार्यक्रम आयोजना गर्ने जनाइएको छ । रासस

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : ५८ बजे

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला – अल्पाइन क्लब अध्यक्ष

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको

धनुषामा मृत फेला व्यक्ति पूजारी नभएको प्रहरीको प्रष्टोक्ति

काठमाडौं । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत