१६ बैशाख २०८१, आइतबार | April 28, 2024

पोर्चुगल युरोकप फुटबलबाट बाहिरियो, बेल्जियम क्‍वाटरफाइनलमा



काठमाडौं । बेल्जियम युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनको सेभियामा सोमबार बिहान भएको प्रि–क्वाटरफाइनलमा साविक विजेता पोर्चुगललाई १-० ले पराजित गर्दै बेल्जियम अन्तिम ८ मा पुगेको हो ।

योसँगै पोर्चुगल जारी प्रतियोगिताबाट बाहिरिएको छ । विंगर थोर्गन हाजार्डले गरेको गोल नै बेल्जियमलाई जित दिलाउन प्रयाप्त बन्यो । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग खेल्ने छ । इंग्ल्याण्डको वेम्बली स्टेडियममा शनिबार राति भएको प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै इटाली क्वाटरफाइनलमा पुगेको थियो ।

हाजार्डले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सिधै गोल भएको थियो । थोमस मुनिएरले बायाँ विंगमा दिएको पासलाई थोर्गनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षक रुइ प्याट्रीसिओले बचाउन सकेनन् ।

पहिलो हाफमा पोर्चुगलले लगातार आक्रमण बुनेपनि बेल्जियमको डिफेन्स निकै बलियो देखिएको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेपनि पोर्चुगलले खेलमा फर्कन सकेन । खेलको छैटौं मिनेटमा नै रेनातो सान्चेसले मिडफिल्डमा बल खेलाउँदै दिएको अन्तिम पास डिओगो जोटाले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार बाहिरिएको थियो ।

२५ औं मिनेटमा रोनाल्डोले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोलरक्षक थिबाउट कोर्टुवाले विफल पारेका थिए । रिबाउन्डमा जोआओ पाल्हिन्हाले हेडरलाई पोस्टतर्फ प्रहार गर्न सकेनन् । दोस्रो हाफको सुरुवातमा नै चोटका कारण मिडफिल्डर केभिन डे ब्रुएनलाई बाहिरिएका थिए । ५४ औं मिनेटमा रोनाल्डोको प्रहारलाई डिफेन्डर थोमस भर्मालेनले रोकेका थिए । ६१ औं मिनेटमा जोआओ फेलिक्सको हेडर सिधै गोलरक्षक कोर्टुवाले सहजै नियन्त्रणमा लिए ।

८३ औं मिनेटमा राफाएल गुरेरोको प्रहार पोस्टमा लागेर फर्कंदा पोर्चुगल खेल बराबर गर्नबाट चुकेको थियो । पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गुरेरोले गरेको प्रहारमा गोलरक्षक कोर्टुवा बिट भएपनि पोस्ट बाधक बन्यो । ८६ औं मिनेटमा आन्द्रे सिल्भाको प्रहारलाई गोलरक्षक कोर्टुवाले दोस्रो प्रयासमा बचाएपछि खतरा टरेको थियो । इन्ज्युरी समयमा फेलिक्सको प्रहार बाहिरिँदा पोर्चुगल प्रतियोगिताबाटै बाहिरियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : ०६ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क