२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पदाधिकारी आएसँगै लोकसेवामा बढुवा प्रक्रिया सुरु



काठमाडौं । विभिन्न मन्त्रालय, निकाय र प्रदेशहरूमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी आठ सचिव पद रिक्त रहँदै आएको छ ।

प्रशासन सेवाका पाँच, इन्जियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहे पनि समयमा नै पदपूर्ति हुन नसक्दा ती निकायका महŒवपूर्ण काम प्रभावित हुँदै आएको छ ।

लोकसेवा आयोगमा तीन महिनादेखि पदाधिकारी नहँुदा सचिव बढुवा प्रक्रिया अवरुद्ध रहँदै आएको थियो । लोकसेवामा पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको हो । समयमा नै पदपूर्ति नहुँदा सचिव बढुवाको मुखमै रहेका वरिष्ठ सहसचिव मर्कामा पर्दै आएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले भने आइतबारदेखि सचिव बढुवा प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । ‘लोकसेवाका पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको छ, अब छिट्टै योग्यताक्रममा रहेका सहसचिवहरू सचिवमा बढुवा हुनेछन् । ’संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले राजधानीसँग भने । सचिव बढुवा सिफारिस समितिको अध्यक्ष लोकसेवा आयोगको अध्यक्ष रहेन कानुनी प्रावधान छ ।

आइतबार मात्रै लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सचिव बढुवा सिफारिस समितिको बैठक बसेर बढुवा प्रक्रिया अघि बढाएको हो । अब बढुवा सिफारिस समितिले योग्यता र जेष्ठताका आधारमा सचिव बढुवा प्रक्रियालाई द्रुत गतिमा अघि बढाइने तयारी गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा प्रशासन तर्फका पाँच सचिव पद रिक्त अवस्थामा छ । यसैगरी, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेको १७ असारमा अवकाश हुँदै छ । उनको पदका लागि समेत बढुवा प्रक्रिया छिटै थालिने भएको छ ।

यस्तै, कृषि तथा पशु विकास मन्त्रलायका पशु विकासतर्फ १ सचिव पद रिक्त छ भने इन्जिनियरिङतर्फ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानेपानी मन्त्रालयमा सचिव पद रिक्त रहेको छ । सचिव बढुवा प्रक्रियासँगै प्रशासन सेवाका ६ जना सहसचिवहरू अब छिट्टै सचिवमा बढुवा हुने भएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : ३९ बजे

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा

जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको