१९ माघ २०८२, सोमबार | February 2, 2026

युरोकप फुटबल : आज नकआउट चरणका दुई खेल हुँदै



काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) दुई खेलहरु हुँदैछन् ।  प्रि-क्वाटरफाइलन खेल अन्तर्गत आज दुई खेलहरु हुन लागेका हुन् ।

प्रतियोगितामा चार टोलीले यसअघि क्वाटरफाइलनमा स्थान बनाइ सकेका छन् । आज हुने पहिलो खेलमा स्पेनले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । युरोकप फुटबलको सर्वाधिक सफल टोली स्पेन आजको खेलमा जित निकाल्दै अघिल्लो चरणमा पुग्ने योजनामा हुने छ ।

पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् । विश्वकप फुटबल २०१८ को उपविजेता टोली क्रोएसिया आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।

स्पेनले समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो । क्रोएसियाले समूह ‘डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।

आज नै हुने दोस्रो खेलमा फ्रान्सले स्विजरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने योजनामा छन् ।

दुई पटकको युरोकप फुटबल विजेता टोली आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछन् । आजको खेलमा जित निकाल्दै दुबै टोली वाटरफाइनलमा पुग्न चाहन्छन् ।

फ्रान्स स्विजरल्यान्ड्सभन्दा तुलनात्मक रुपमा बलियो टोली हो । साविक उपविजेतासमेत रहेको फ्रान्स समूह ‘एफ’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो ।

स्विट्जरल्यान्डले समूह ‘ए’बाट नकआउट चरणमा स्थान बनाएको हो । समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । फ्रान्स र स्विट्जरल्यान्डबीच पछिल्लो ७ खेलको नतिजा हेर्दा फ्रान्स बलियो देखिएको छ ।

विश्वकप फुटबल विजेता फ्रान्स आजको खेलमा जित निकाल्ने योजनामा छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : १५ बजे

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’

चितवन । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह

झापा । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक

विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार

म्याग्दी । रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा

मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’

मुस्ताङ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै

मूल्य पाइने आशामा बोटमै जुनार

रामेछाप । मुलुक चुनावी माहोलले तात्तिएको छ । तर यहाँका