२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

युरोकप फुटबल : आज नकआउट चरणका दुई खेल हुँदै



काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा आज (सोमबार) दुई खेलहरु हुँदैछन् ।  प्रि-क्वाटरफाइलन खेल अन्तर्गत आज दुई खेलहरु हुन लागेका हुन् ।

प्रतियोगितामा चार टोलीले यसअघि क्वाटरफाइलनमा स्थान बनाइ सकेका छन् । आज हुने पहिलो खेलमा स्पेनले क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ । युरोकप फुटबलको सर्वाधिक सफल टोली स्पेन आजको खेलमा जित निकाल्दै अघिल्लो चरणमा पुग्ने योजनामा हुने छ ।

पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् । विश्वकप फुटबल २०१८ को उपविजेता टोली क्रोएसिया आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।

स्पेनले समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो । क्रोएसियाले समूह ‘डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।

आज नै हुने दोस्रो खेलमा फ्रान्सले स्विजरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्ने योजनामा छन् ।

दुई पटकको युरोकप फुटबल विजेता टोली आजको खेलमा सहज जित निकाल्ने योजनामा हुनेछन् । आजको खेलमा जित निकाल्दै दुबै टोली वाटरफाइनलमा पुग्न चाहन्छन् ।

फ्रान्स स्विजरल्यान्ड्सभन्दा तुलनात्मक रुपमा बलियो टोली हो । साविक उपविजेतासमेत रहेको फ्रान्स समूह ‘एफ’को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो ।

स्विट्जरल्यान्डले समूह ‘ए’बाट नकआउट चरणमा स्थान बनाएको हो । समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । फ्रान्स र स्विट्जरल्यान्डबीच पछिल्लो ७ खेलको नतिजा हेर्दा फ्रान्स बलियो देखिएको छ ।

विश्वकप फुटबल विजेता फ्रान्स आजको खेलमा जित निकाल्ने योजनामा छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : १५ बजे

बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी, ढाई करोड बढीको क्षति

बुटवल । बुटवलको देविनगरस्थित एक गोदाममा आगलागी भएको छ ।

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष