१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

असार १८ देखि सबैखाले सवारी संचालन गर्ने यातायात व्यवसायी र मजदुर संगठनको चेतावनी



काठमाडौं । यातायात व्यवसायी र मजदुरका संघ संगठनहरुले असार १८ गतेबाट सबै प्रकारका सवारी साधान संचालन गर्ने घोषणा गरका छन् ।

उनीहरुले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै असार १५ गतेबाट सार्वजनिक सवारी संचालन गर्न सरकारले गरेको निर्णय अमान्य भएको जिकिर गर्दै १८ गतेबाट सबै सवारी संचालन गर्ने चेतावनी दिएका हुन् ।

विज्ञप्ति निकाल्नेमा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रहेका छन् ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भोलिदेखि २५ सिट भन्दा बढी क्षमताका मात्र बस जोर विजोर प्रणालीअनुसार चलाउन दिने निर्णय गरेको थियो । तर, व्यवसायी र मजदुर संघसंगठनहरुले भने सबैप्रकारका सवारी साधान चलाउन पाउनपर्ने माग गरेका छन् ।

उनीहरुले यातायात व्यवसायी र मजदुरलाई कोरोना खोपको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ५ : ३७ बजे

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला – अल्पाइन क्लब अध्यक्ष

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको

धनुषामा मृत फेला व्यक्ति पूजारी नभएको प्रहरीको प्रष्टोक्ति

काठमाडौं । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत