२३ बैशाख २०८१, आइतबार | May 6, 2024

झन ठूलो चलखेलको गन्ध आएको त छ, तर प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतलाई दबाव र प्रभावमा पार्न सरकार पक्षले निकै प्रयत्न गरिरहेको बताएका छन् ।

सोमबार कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले अदालतलाई प्रभावित पार्न र धम्क्याउन सरकार पक्षबाट ठूलै चलखेलको गन्ध आएको बताएका हुन् । प्रचण्डले संसद् पुनर्स्थापना हुने निश्चित भएपनि ढुक्क हुनसक्ने अवस्था नरहेको बताए । ‘संसद पुनःस्थापना हुन्छ र शेरबहादुर देउवालाई नै प्रधानमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी गर्छ’, प्रचण्डले भने, ‘तर पुनर्स्थापना भैहालेमा पनि झन रद्दी अवस्थाको सिर्जना गर्न चलखेल भैरहेको छ ।’

प्रचण्डले अहिलेको सरकारले गरेका सबै असंवैधानिक निर्णयर र कामहरु खारेज गर्ने दाबी गरे । गठबन्धनको सरकार बन्ने बताउँदै उनले भने, ‘मैले न्याय क्षेत्रका साथीहरुसँग पनि लगातार छलफल गरेको छु, यस्ता नाटकीय र षडयन्त्रमूलक ढंगले गरिएका सबै नियुक्ति खारेज गरेर एउटा मान्यता स्थापित हुनेगरी पुनर्नियुक्ति गर्नुपर्छ ।’

प्रचण्डले प्रधानमन्त्री ओलीका गालीगलौज सुन्न समेत नसकिने स्तरका भएको टिप्पणी गरे । प्रचण्डले राष्ट्रपति यति छिटो बदनाम होला भन्ने कल्पना नगरेको भन्दै अहिले त्यस्तो भएको प्रचण्डले बताए ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : ३१ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa