५ पुस २०८२, शनिबार | December 20, 2025

कर्णाली प्रदेशमा सुनको अभाव, पलायन हुँदै व्यवसायी



कर्णाली । कर्णाली प्रदेशमा सुनको अभाव हुन थालेको छ । सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको सुनचाँदी व्यवसायी संघ कर्णाली प्रदेशले जनाएको छ ।

प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकेको संघको दाबी छ । यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको संघका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले बताए ।

अध्यक्ष सुनारका अनुसार नेपाल राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायी महासंघलाई दैनिक २० केजी सुन उपलब्ध गराउँदै आएकामा रत्न आभूषण तथा पत्थर व्यवसायी महास।घलाई ४० प्रतिशत र सुनचाँदी व्यवसायी महासंघलाई ६० प्रतिशत छुट्याउने गरिएको छ ।

सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी वितरण कार्यविधि, २०६८ का आधारमा त्यो ६० प्रतिशतलाई १०० प्रतिशत मानेर ६० प्रतिशत उपत्यका र ४० प्रतिशत बाहिर जिल्लामा पठाउँछ । चालिस प्रतिशत सुन उपत्यकाबाहिरका महासंघ आबद्ध ४०-४५ जिल्लाका व्यवसायी संघलाई पठाउँदा मागअनुसारको पूर्ति हुन नसकेको अध्यक्ष सुनारले बताए ।

कर्णालीमा मासिक १० केजीसम्म सुन आवश्यक पर्ने बताउँदै उनले मासिक एकदेखि तीन केजी सुन आउने गरेको जनाए । ‘यसले सुन वितरण प्रणालीमा विभेदीकरण बढ्दै गएको छ,’ उनले भने, ‘यो अवस्था हटाउन सातै प्रदेशस्थित संघका अध्यक्षहरुले स्थायी लेखा नम्बर (प्यान) का आधारमा सुन वितरण माग राख्दै आएका छौं ।’

सरकारले महासंघलाई दैनिक ५० केजी सुन उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । सुन नभएकै कारण कर्णालीका व्यवसायीलाई यो दुई महिनाको अवधिमा ५० लाख रुपैयाँबराबरको घाटा भएको छ । कर्णालीमा मासिक १० केजी सुन आउन सके करिब चार हजारलाई रोजगार दिन सकिने दाबीसमेत गरे । रासस

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ९ : १० बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता