१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

कर्णाली प्रदेशमा सुनको अभाव, पलायन हुँदै व्यवसायी



कर्णाली । कर्णाली प्रदेशमा सुनको अभाव हुन थालेको छ । सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको सुनचाँदी व्यवसायी संघ कर्णाली प्रदेशले जनाएको छ ।

प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकेको संघको दाबी छ । यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको संघका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले बताए ।

अध्यक्ष सुनारका अनुसार नेपाल राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायी महासंघलाई दैनिक २० केजी सुन उपलब्ध गराउँदै आएकामा रत्न आभूषण तथा पत्थर व्यवसायी महास।घलाई ४० प्रतिशत र सुनचाँदी व्यवसायी महासंघलाई ६० प्रतिशत छुट्याउने गरिएको छ ।

सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी वितरण कार्यविधि, २०६८ का आधारमा त्यो ६० प्रतिशतलाई १०० प्रतिशत मानेर ६० प्रतिशत उपत्यका र ४० प्रतिशत बाहिर जिल्लामा पठाउँछ । चालिस प्रतिशत सुन उपत्यकाबाहिरका महासंघ आबद्ध ४०-४५ जिल्लाका व्यवसायी संघलाई पठाउँदा मागअनुसारको पूर्ति हुन नसकेको अध्यक्ष सुनारले बताए ।

कर्णालीमा मासिक १० केजीसम्म सुन आवश्यक पर्ने बताउँदै उनले मासिक एकदेखि तीन केजी सुन आउने गरेको जनाए । ‘यसले सुन वितरण प्रणालीमा विभेदीकरण बढ्दै गएको छ,’ उनले भने, ‘यो अवस्था हटाउन सातै प्रदेशस्थित संघका अध्यक्षहरुले स्थायी लेखा नम्बर (प्यान) का आधारमा सुन वितरण माग राख्दै आएका छौं ।’

सरकारले महासंघलाई दैनिक ५० केजी सुन उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । सुन नभएकै कारण कर्णालीका व्यवसायीलाई यो दुई महिनाको अवधिमा ५० लाख रुपैयाँबराबरको घाटा भएको छ । कर्णालीमा मासिक १० केजी सुन आउन सके करिब चार हजारलाई रोजगार दिन सकिने दाबीसमेत गरे । रासस

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ९ : १० बजे

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला – अल्पाइन क्लब अध्यक्ष

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको

धनुषामा मृत फेला व्यक्ति पूजारी नभएको प्रहरीको प्रष्टोक्ति

काठमाडौं । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत