१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकार पक्षको बहस जारी रहने



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकार पक्षको बहस जारी रहने छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए भने आज बाँकी १० जनाले सरकारको कदमको बचाउ गर्दै बहस गर्नेछन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेले दुई घण्टा बहस गर्नेछन् भने अर्का नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले २० मिनेट तथा । नायब महान्यायाधिवक्ता टेकबहादुर घिमिरले पनि २० मिनेट बहस गर्नेछन् । त्यसैगरि आज अर्का नायब महान्यायाधविक्ता श्यामकुमार भट्टराईले १० मिनेट र सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले १५ मिनेट बहस गर्नेछन् ।

सरकारी पक्षबाटै सहन्यायाधिवक्ता सञ्जीवरा रेग्मीले ३० मिनेट बहस गर्नेछन् । अर्का सहन्यायाधिवक्ता लोकराज पराजुलीका लागि १५ मिनेट सहन्यायाधिवक्ता खेमराज्ञ ज्ञवाली र उदपप्रसाद पुडासैनीका लागि १०(१० मिनेट बहस गर्ने समय निर्धारण भएको छ ।

आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो । निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरेका थिए ।

सरकारी पक्षको बहसपछि सभामुखका कानून व्यवसायीले एक घण्टाको सयम पाउनेछन् । रिटमा विपक्षी बनाईएको भएपनि सभामुखको बहसकर्ताले भने रिट निवेदकहरुलाई सहज हुने गरि बहस गर्ने अनुमान गरिएको छ । त्यसपछि निवेदक पक्षले जवाफ दिनेछन् । जवाफ सकिएपछि अदालतको सहयोगी (एमीकस क्युरी) का तर्फबाट इजलासमा राय प्रस्तुत हुने छ । त्यसपछि फैसला हुनेछ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : १३ बजे

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको