२६ बैशाख २०८३, शनिबार | May 10, 2026

देशभर एकतिहाई क्षेत्रमा रोपाईं सम्पन्न



काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । यो दिनमा धान उत्पादनको विषयमा बढी नै चर्चा हुने गर्छ ।

किसानका लागि आजको दिन मानो रोपेर मुरी उब्जाउने विशेष दिनको प्रतिक हो भने राजधानी एवं शहरी क्षेत्रमा बसेर कृषि क्षेत्र र किसानको चर्चा गर्नेहरुका लागि भने एकदुई मुठा धानको बीउ समातेर हिलोमा खेल्दै फोटोका लागि मोडलिङ गर्ने दिन ।

अनुकुल मौसमका कारण समयमै पानी पर्दा यसवर्ष असारको मध्यमा आइपुग्दा देशको एकतिहाई क्षेत्रमा मात्र रोपाईं सकिइएको छ । यद्यपी यही समयमा गतवर्षभन्दा कम रोपाईं भएको छ ।

वास्तविक श्रमजीवि किसानका लागि यो सन्तोषकै विषय हो । तर समयमा बीउ नपाउने, रोपाईं गरेपछि निश्चित समयमा हाल्नेपर्ने मलखाद नपाउने, सिंचाईंका लागि पानी नपाउने, आकाशकै भरपर्नुपर्ने बाध्यता अधिकांश किसानको रहेको छ । जसका कारण उत्पादन लागत बढ्ने गरेको छ भने त्यसअनुसारको उत्पादन हुनेगरेको छैन ।

कृषि विभागका अनुसार सोमबार साँझसम्म २७ दशमलव १२ प्रतिशत भुभागमा अर्थात तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा रोपाईं भएको छ । जुन अघिल्लो वर्षको यही समयभन्दा ८ प्रतिशतले कम हो । अघिल्लो वर्ष चार लाख ८६ हजार हेक्टरमा धान रोपाइँ सकिएको थियो । नेपालमा कुल १३ लाख ७१ हजार ७ हेक्टरमा वर्षे धान खेती हुनेगरेको छ ।

नेपालमा सबैभन्दा धेरै धान फल्ने क्षेत्र प्रदेश २ हो । जहाँ केवल १० प्रतिशत मात्र रोपाईं भएको छ । अर्थात यहाँ भर्खरै रोपाईं सकिएको छ । कर्णाली प्रदेशमा भने ६२ प्रतिशत रोपाईं सकिएको छ । पहाडी जिल्लामध्ये रामेछापममा कम पानी परेका कारण रोपाईंमा ढिलाइ भएको छ ।

नेपालको मुख्य खाद्यान्न बाली धान हो । कृषि विभागका अनुसार आर्थिक वर्ष २०७७र७८ मा नेपालमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ११ : ४२ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु