७ पुस २०८२, सोमबार | December 22, 2025

निधि, कोइराला र सिंहबीच चाक्सीबारीमा लञ्च मिटिङ



काठमाडौं । नेपाली कांग्रेसका दोस्रो पुस्ताका तीन नेताबीच आज पनि छलफल भएको छ ।

कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशनमान सिंहबीच आज पनि छलफल भएको छ ।

निधि र कोइराला लञ्च मिटिङका लागि सिंह निवास चाक्सीबारी ठमेल पुगेका छन् ।

कांग्रेसको आसन्न १४औं महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टी सभापतिमा दोस्रोपुस्ताबाट उम्मेदवार बन्ने उद्देश्यले यी तीन नेताबीच विगत केही दिनयता सघन छलफल भैरहेको छ ।

तीनै जना नेता सभापतिको दाबेदार भएपनि सहमतिमा एक जनाले सभापतिको उम्मेदवार बनेर अन्य पदमा आफु र आफ्ना नेताहरुलाई समायोजन गर्न सकिने समीकरणसहितको खोजीमा लागिरहेका छन् ।

उपसभापति निधि सभापति शेरबहादुर देउवाका अति विश्वासपात्र नेता हुन् । तर, निधिले यसपटक देउवालाई आफुलाई सघाउन आग्रह गर्दै सभापतिमा उठ्ने बताइसकेका छन् । जसका कारण देउवा दबाबमा परेका छन् ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १२ : २७ बजे

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले