१० असार २०८३, बुधबार | June 24, 2026

पाकिस्तानद्वारा नेपाललाई ४ करोड ३० लाख रुपैयाँको चेक हस्तान्तरण



काठमाडौं । मित्रराष्ट्र पाकिस्तानले नेपाललाई ४ करोड ३० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत सायद हैदर शाहले मंगलबार प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराललाई सहयोग रकमसहितको चेक हस्तान्तरण गरेका छन् ।

कोरोना भाइरस विरुद्धको नेपालको लडाईंमा पाकिस्तान सरकारको तर्फबाट सो सहयोग रकम हस्तान्तरण गरिएको पाकिस्तानी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

सहयोग रकमसहितको चेक बुझ्दै सचिव बरालले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्राप्त सहयोगरकमप्रति पाकिस्तान सरकारलाई धन्यवाद दिएका छन् । परराष्ट्र मन्त्रालयले ट्वीट गर्दै सहयोगका लागि पाकिस्तान सरकारलाई धन्यवाद दिएको छ ।

दूतावासले यो रकम सार्क देशका लागि कोभिड १९ इमर्जेन्सी फन्डको एक हिस्सा भएको जनाएको छ ।

पाकिस्तानले नेपालमा विभिन्न समयमा सहयोग विभिन्न शिर्षकमा सहयोग गर्दै आएको छ ।

https://twitter.com/MofaNepal/status/1409850450103341066

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : २५ बजे

आज पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ

कोलम्बियाको लगातार दोस्रो जित, डीआर कंगोलाई हराउँदै नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि ४ सयभन्दा बढीको उम्मेद्वारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय