१७ माघ २०८२, शनिबार | February 1, 2026

पाकिस्तानद्वारा नेपाललाई ४ करोड ३० लाख रुपैयाँको चेक हस्तान्तरण



काठमाडौं । मित्रराष्ट्र पाकिस्तानले नेपाललाई ४ करोड ३० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत सायद हैदर शाहले मंगलबार प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराललाई सहयोग रकमसहितको चेक हस्तान्तरण गरेका छन् ।

कोरोना भाइरस विरुद्धको नेपालको लडाईंमा पाकिस्तान सरकारको तर्फबाट सो सहयोग रकम हस्तान्तरण गरिएको पाकिस्तानी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

सहयोग रकमसहितको चेक बुझ्दै सचिव बरालले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि प्राप्त सहयोगरकमप्रति पाकिस्तान सरकारलाई धन्यवाद दिएका छन् । परराष्ट्र मन्त्रालयले ट्वीट गर्दै सहयोगका लागि पाकिस्तान सरकारलाई धन्यवाद दिएको छ ।

दूतावासले यो रकम सार्क देशका लागि कोभिड १९ इमर्जेन्सी फन्डको एक हिस्सा भएको जनाएको छ ।

पाकिस्तानले नेपालमा विभिन्न समयमा सहयोग विभिन्न शिर्षकमा सहयोग गर्दै आएको छ ।

https://twitter.com/MofaNepal/status/1409850450103341066

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ७ : २५ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले