१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

जुवा अड्डा संचालक सहित ६ जुवाडे पक्राउ



महेन्द्रनगर । कञ्चनपुर प्रहरीले जिल्लाको कृष्णपुर नगरपालिका ४ मौवाफाँटबाट एकजना जुवा अड्डा संचालक सहित ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

आज साँझ ५ बजे प्रहरीले मौवाफाँट स्थित स्थानिय तेजबहादुर साउदको खुद्रा पसलमा छापा मार्दा जुवा खेलिरहेका ६ नाम सहित ३ गड्डी तास र ६५ हजार ५ सय नगद बरामद भएको कञ्चनपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा जुवा खेलाउने साउद सहित कृष्णपुर ४ मौवाफाटका कमलेश कार्की, गगन कार्की, प्रकाश ऐर, बिष्णु भट्ट र खगेन्द्र बोहरा रहेका छन् ।

गोप्य सुचनाको आधारमा सुदुरपश्चिम प्रदेश प्रहरी तथा कञ्चनपुर प्रहरीको टोलीले जुवा अड्डामा छापामारेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक लालबहादुर बमले बताए । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको छ ।

 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ९ : ११ बजे

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,

रास्वपालाई चुनाव जिताउन शक्तिकेन्द्रहरुले निलो क्रान्ति गराए : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) ले संसद बैठकको पहिलो दिनमै सत्तारुढ

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौँ । प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र

दल फरक भए पनि देश एउटै हो, सँगै उठ्नुपर्छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद भिष्मराज आङ्देम्बेले राजनीतिक

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको