१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सवारी दुर्घटनामा कांग्रेस नेता चन्द्र भण्डारीका भाई डा.शंकर भण्डारीको मृत्यु



बुटवल । रुपन्देहीको चरङ्गेमा भएको सवारी दुर्घटनामा १ जनको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । आज राती अन्दाजी ९ बजे भएको दुर्घटनामा छत्रकोट १ हुँगाका डा.शंकर प्रसाद भण्डारीको मृत्यु भएको छ भने सोही स्थान घरभई बुटवल बस्दै आएका थानेश्वर भण्डारी घाईते भएका छन् ।

पूर्व पश्चिम राजमार्गको चरङ्गे चोकबाट २ किलोमिटर उत्तर शंकर भण्डारी आफैले चलाएको बा १७ च ६०६६ नम्बरको कार चरङ्गेको मुढाबासमा कल्भर्टबाट तल खस्दा चालक डा.भण्डारीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

मृतक भण्डारी कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाई हुन् । काठमाडौ बस्दै आएका उनी बुवाको वर्षदिनको कर्मका लागि अघिल्लो हप्ता मात्र बुटवल आएका थिए । त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. भण्डारी त्रि वि खेलकुद निर्देशनालयका निर्देशक थिए ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : १३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग