१५ बैशाख २०८१, शनिबार | April 27, 2024

१८ औ राष्ट्रिय धान दिवस : कृषिमा प्रविधि अनिवार्य भएको सरोकारवालाको भनाई



बुटवल । १८ औ राष्ट्रिय धान दिवसको अवसरमा रुपन्देहीको उद्यमशिल टोल विकास संस्था, तिलोत्तमा १० मा मेशिनबाट धान रोपाई गरिएको छ । प्रविधिमा आधारित कृषि, आत्मनिर्भरता र समृद्धिको नारा बोकेको संस्थाले अघिल्लो वर्षदेखि मेशिनबाट धान रोप्न लागेको हो । यस वर्षको धान रोपाइँ तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले मेशिनबाट धान रोपेर औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरे । धान रोपाइँको उदघाटन गर्दै नगर प्रमुख घिमिरेले कृषिमा नया प्रविधि र विकास जरुरी रहेको बताए ।

उद्यमशिल टोल विकास संस्थाका अध्यक्ष घनसिह पुनले ब्यवहारिक रुपमा प्रविधियुक्त रोपाई देखाउन पनि कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । परम्परागत खेतिबाट किसानलाई श्रम बढी र आर्थिक रुपमा घाटा रहेको भन्दै उनले कृषिमा आधुनिकता र मेशिनको प्रयोग जरुरी रहेको बताए ।

बजारमा विभिन्न किसिमका पेडि रोपर मेशिनहरु भित्रिएका छन । नेपालमा मनमीत श्री ट्रेनिङले कृषिजन्य प्रविधिहरु भित्राएर किसानलाई साथ दिदै आएको छ । मनमीत श्री ट्रेनिङका संचालक उदय कुमार सिहले कृषिलाई आधुनिकता ल्याउने नया नया प्रविधि प्रयोगबारे किसानलाई सिकाउदै आएको बताए । शक्तिमानको पेडि रोपर ३७ नामको यो मेशिन एउटा अत्याधुनिक मेशिन हो जसको माध्यमबाट एउटा सिधा लाईनमा धान रोप्न सकिन्छ । परम्परागत खेति गर्दा २० जनाले दिनभरिमा १ विगाहा धान रोप्न सक्छ भने यो मेशिनको प्रयोगबाट एक जनाले एक दिनमा ५ विगाहा रोप्न सकिने जनाईएको छ ।

समुहमा रहेका किसानहरु करिब ५ विगाहा क्षेत्रफलमा चकलाबन्दी खेती गर्दै आएका छन् । बीउ बनाउन ढिलाई हुदा रोपाईमा समस्या भएको संस्थाका सचिव शिव प्रसाद ढकालले बताए । संस्थामा १ सय १४ घरधुरि छन ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ४८ बजे

बुटवलको गर्मी छल्न जाने होइन त पाल्पाको नुवाकोट ? यस्तो छ विशेषता र महत्व

बुटवल । नेपालको राष्ट्रियता जोगाउने सबै भन्दा ठुलो युद्धमा विजयको

राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा