१ कार्तिक २०८३, शनिबार | October 17, 2026

युरोकप फुटबल : क्वाटरफाइनल समीकरण पूरा, शुक्रबारदेखि खेल हुने



काठमाडौं । जारी १६ औं संस्करणको युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति राउन्ड अफ १६ चरणको सबै खेल समाप्त भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।

प्रतियोगिताको अन्तिम आठमा बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले स्थान बनाएका छन् ।

अब दुई दिन विश्रामपछि क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ । क्वाटरफाइनलको पहिलो दिन स्विट्जरल्यान्ड विरुद्ध स्पेन मैदान उत्रनेछ । विश्वकप विजेता फ्रान्सलाई स्तब्ध पार्दै स्विट्जरल्यान्डले अन्तिम आठमा स्थान बनाएको हो भने स्पेनले विश्वकपको उपविजेता क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै ९ वर्षपछि क्वाटरफाइनल यात्रा गरेको थियो । उक्त खेल शुक्रबार राति ९ः४५ मा सेन्ट पिटर्सवर्गमा हुनेछ ।

दोस्रो खेलमा बेल्जियमले इटालीको सामना गर्नेछ । बेल्जियम साविकको विजेता पोर्चुगललाई पराजित गर्र्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो भने इटालीले अष्ट्रियामाथि जित निकालेको थियो । उक्त खेल शुक्रबार राति नै १२ः४५ मा म्युनिखमा हुनेछ ।

यस्तै, तेस्रो खेल चेक रिपब्लिक विरुद्ध डेनमार्कको हुनेछ । वेल्समाथि फराकिलो जित हात पार्दै डेनमार्कलाई शत प्रतिशत नतिजा निकालेको नेदरल्यान्ड्सलाई पराजित गरेको चेक रिपब्लिकको चुनौती छ । उक्त खेल शनिबार राति ९ः४५ बजे बाकुमा हुनेछ ।

अन्तिम खेल युक्रेन र इंग्ल्यान्डको हुनेछ । इंग्ल्यान्डले पहिलो पटक युरोको नकआउट चरणमा जर्मनीलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको छ भने युक्रेनले स्वीडेनलाई पराजित गर्दै पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको हो । उक्त खेल शनिबार राति १२ः४५ बजे रोममा हुनेछ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : २० बजे

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु