५ पुस २०८२, शनिबार | December 20, 2025

प्रतिनिधिसभा विघटन मुद्दा : आजबाट प्रधानमन्त्रीका वकिलको बहस सुरु



काठमाडौं । संवैधानिक इजलासमा बुधवार पनि सरकारी वकिलहरुले बहस गर्ने समय अव ५५ मिनेट मात्र बाँकी छ ।

इजलासमा जारी बहसमा आज सरकारी वकिलहरुले ५५ मिनेट बहस गरेपछि प्रधानमन्त्रीका कानुन व्यवसायीको बहस शुरु गर्नेछन् । संवैधानिक इजलासका संयोजक प्रधानन्यायाधिस चालेन्द्रशम्शेर जबराले प्रधानमन्त्रीका कानुन व्यवसायीका लागी बहस गर्न ७ घण्टा समय छुट्याएका छन् ।

पूर्व निर्धारत समयमा बाँकी रहेको ५५ मिनेट भित्र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरु गोपाल प्रसाद रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेपछि आज प्रधानमन्त्रीका तर्फबाट वकालतानामा टिपाएका वकीलहरुको बहस शुरु हुने छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बरिष्ठ अधिवक्ता सुशील पन्तले बहस शुरु गर्ने बताइएको छ । पन्तपछि पूर्व महान्यायाधिवक्ता अग्नि खरेल र बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गर्नेछन् ।

 

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ११ : ५८ बजे

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी