२३ बैशाख २०८१, आइतबार | May 5, 2024

जसपा विवादमा तात्यो निर्वाचन आयोग



काठमाडौं । जनता समाजवादी पार्टी विवाद मिलाउन निर्वाचन आयोग तातेको छ । जसपा विवाद समाधानका लागि भन्दै आयोगले दुबै पक्षलाई आगामी २२ असारमा छलफलका लागिसमेत बोलाएको छ ।

आयोग प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार जसपा दुबै पक्षलाई विवाद निरुपणका लागि छलफलमा बोलाइएको छ । सकेसम्म सहमति प्रयासबाटै विवाद निरुपण गर्ने नभए कानुनअनुसार अघि बढ्ने थपलियाले जानकारी दिए ।

‘जसपा विवाद समाधानका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ, आयोगको पहिलो लक्ष्य सहमतिबाटै विवाद निरुपण होस् भन्ने छ, नभए आयोग कानुनअनुसार अघि बढ्छ,’ प्रमुख आयुक्त थपलियाले भने ।

आयोगमा उपेन्द्र यादव पक्षले गत ४ असारमा आधिकारिकता विवाद निरुपण गर्न माग गर्दै निवेदन दिएको थियो । जसमा ‘राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड ९ग० बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ’ भनिएको छ ।

यादव पक्षको पत्रपछि आयोगले जसपा महन्थ ठाकुर पक्षलाई जवाफ माग्दै १५ दिनको समय दिएर पत्र पठाएको थियो । जवाफ मागेपछि ठाकुर समूहले आठ दिनमै आयोगलाई पत्र पठायो । ठाकुर पक्षको जवाफी पत्र पाएपछि आयोगले विवाद निरुपण प्रक्रिया अघि बढाएको हो । अब आयोगले पहिले दुबै पक्षलाई सहमतिबाट विवाद निरुपण गर्नका लागि पहल गर्ने छ ।

यसरी विवाद समाधान हुने अवस्था आए दुबै पक्षलाई मिल्न माग गरेको समय दिइने छ । यदि मिल्ने अवस्था नभएमा भने आयोगले अब कानुनअनुसार विवाद निरुपण थाल्ने भएको छ । आयोग अघि बढ्दा विवाद निरुपणका लागि इजलास गठन गर्ने छ ।

इजलासमा कानुनविद्समेत हुने छन् । त्यस्तै, इजलासमा विवादित पक्षले आफ्ना कानुन व्यवसहायी राख्न चोहमा बहस पनि गराउने छ । यसरी बहस गराउँदा आयोगले समय भने निर्धारण गर्ने छ । अन्त्यमा आयोगले जसपा विवादका विषयमा उच्च अदालतसरहको मान्यता रहने इजलासबाट निरुपण गर्ने छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ६ : ४१ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै