७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमालेको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा पनि नेपाल पक्ष सहभागी नहुने



काठमाडौं । एमालेको संस्थापन पक्षले २०७५ जेठ २ गतेको संरचना भन्दै डाकेको शुक्रबारको बैठकमा नेकपा एमालेको नेपाल पक्ष नजाने भएको छ । नेपालपक्षको आज बसेको कमिटी बैठकले यथास्थितिमा बालुवाटार नजाने निर्णय गरेको हो । बिहीबार बसेको स्थायी कमिटी बैठकमा बैठकमा सहभागी नहुने बिषयमा सर्वसम्मत निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।

ती नेताका अनुसार ओलीले बोलाएको बैठकमा नजाने विषयमा स्थायी कमिटीका सबै नेता एकमत देखिएका थिए । एकताको पक्षमा विशेष लचकता देखाउँदै आएका नेता योगेश भट्टराईले समेत यथास्थितिमा बालुवाटार जान नसक्ने मत ब्यक्त गरेको ती नेताले बताए ।

नेपाल पक्षले पार्टी एकताका लागि प्याकेजमा सहमती हुनु पर्ने र निशर्त २०७५ जेठ २ गतेको संरचनामा बैठक बस्नुपर्ने अडान लिँदै आएको छ ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ६ : ३६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई