१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एमालेको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा पनि नेपाल पक्ष सहभागी नहुने



काठमाडौं । एमालेको संस्थापन पक्षले २०७५ जेठ २ गतेको संरचना भन्दै डाकेको शुक्रबारको बैठकमा नेकपा एमालेको नेपाल पक्ष नजाने भएको छ । नेपालपक्षको आज बसेको कमिटी बैठकले यथास्थितिमा बालुवाटार नजाने निर्णय गरेको हो । बिहीबार बसेको स्थायी कमिटी बैठकमा बैठकमा सहभागी नहुने बिषयमा सर्वसम्मत निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ ।

ती नेताका अनुसार ओलीले बोलाएको बैठकमा नजाने विषयमा स्थायी कमिटीका सबै नेता एकमत देखिएका थिए । एकताको पक्षमा विशेष लचकता देखाउँदै आएका नेता योगेश भट्टराईले समेत यथास्थितिमा बालुवाटार जान नसक्ने मत ब्यक्त गरेको ती नेताले बताए ।

नेपाल पक्षले पार्टी एकताका लागि प्याकेजमा सहमती हुनु पर्ने र निशर्त २०७५ जेठ २ गतेको संरचनामा बैठक बस्नुपर्ने अडान लिँदै आएको छ ।

 

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ६ : ३६ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण