७ श्रावण २०८३, बिहिबार | July 23, 2026

युरोपमा पुनः बढ्दै संक्रमित, महामारीको नयाँ लहर सुरु हुने डब्लुएचओको चेतावनी



काठमाडौं । युरोपेली देशहरूमा कोरोनाभाइरस संक्रमितको संख्यामा पुनः उकालो लाग्न थालेको छ । झण्डै दुई महिनापछि संक्रमितको संख्यामा फेरि बढ्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ ।

संक्रमितको संख्या पुनः बृद्धि हुँदा अर्को चरणको महामारी सुरु हुन सक्नेतर्फ डब्लुएचओले चिन्ता व्यक्त गरेको छ । कोरोनाभाइरसको महामारी फैलिन नदिने उपायहरुप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ ।

बिहीबार आयोाजित पत्रकार सम्मेलनमा डब्लुएचओका युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले युरोपेली क्षेत्रमा अहिले संक्रमितको संख्या १० प्रतिशतका दरले बृद्धि भइरहेको बताए ।

युरोपेली देशहरुमा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र सावुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ पालना गराउन पनि उनले आग्रह गरे । नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट तीब्र फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उनले बताए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : २३ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा