२ मंसिर २०८२, मंगलबार | November 18, 2025

युरोपमा पुनः बढ्दै संक्रमित, महामारीको नयाँ लहर सुरु हुने डब्लुएचओको चेतावनी



काठमाडौं । युरोपेली देशहरूमा कोरोनाभाइरस संक्रमितको संख्यामा पुनः उकालो लाग्न थालेको छ । झण्डै दुई महिनापछि संक्रमितको संख्यामा फेरि बढ्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ ।

संक्रमितको संख्या पुनः बृद्धि हुँदा अर्को चरणको महामारी सुरु हुन सक्नेतर्फ डब्लुएचओले चिन्ता व्यक्त गरेको छ । कोरोनाभाइरसको महामारी फैलिन नदिने उपायहरुप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ ।

बिहीबार आयोाजित पत्रकार सम्मेलनमा डब्लुएचओका युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले युरोपेली क्षेत्रमा अहिले संक्रमितको संख्या १० प्रतिशतका दरले बृद्धि भइरहेको बताए ।

युरोपेली देशहरुमा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र सावुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ पालना गराउन पनि उनले आग्रह गरे । नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट तीब्र फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उनले बताए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ७ : २३ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो