२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

एमाले केन्द्रीय कमिटीको १३औं बैठक बालुवाटारमा सुरु



काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको १३औं केन्द्रीय कमिटी बैठक बसेको हो ।

सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि गत बिहीबार बसेको सोही कमिटीकै बैठकको निर्णयका आधारमा आज केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

बैठकको अध्यक्षता गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विभाजन ल्याउन हजार प्रयत्न भैरहेको बताएका छन् ।

पार्टीलाई २०७५ जेठ २ गतेअघिको संगठनात्मक प्रणालीमा लैजानुपर्ने माग गर्दै आएको माधवकुमार नेपाल पक्ष भने आजको बैठकमा अनुपस्थित भएको छ । तर उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागि भएका छन् ।

नेपाल पक्ष निकट स्थायी कमिटी सदस्यहरुको बैठकले आज बोलाइएको बैठक पनि अवैध भएको भन्दै उपस्थित हुन अस्वीकार गरेको हो । नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरी अध्यक्ष ओलीले आफु निकट केन्द्रीय सदस्यहरुको बैठकबाट थप गरेका सदस्यहरुको बैठक २०७५ जेठ २ अघिको नभएर २०७७ फागुन २८पछिको बैठक भएको नेपाल पक्षको जिकिर रहेको छ ।

ओली पक्षले भने यो बैठक नेपाल पक्षले माग गर्दै आएको जेठ २ को कमिटीको बैठक भएको दाबी गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : ०२ बजे

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक