७ आश्विन २०८३, बुधबार | September 23, 2026

दाङ प्रहरीबाट मोटरसाइकल चोर्ने गिरोह पक्राउ, एकैदिन १३ थान चोरीको मोटरसाइकल बरामद



दाङ । दाङ प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट चोरी भएका १३ वटा मोटर साईकल सहित चोरी कार्यमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले मोटरसाईकल चोर्ने गिरोहमा संलग्न एक जना भारतिय नागरिक सहित ८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङमा पक्राउ परेको चोरहरुको गिरोहलाई सार्वजानिक गर्दै दाङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले आफूले बोल्ने भन्दा पनि काम गरेर देखाउने कुरामा बिश्वास गर्ने गरेको बताए । उनले आफु जिल्लामा आउनासाथ मोटरसाइकिल चोरी भएर नागरिक पिडित भएको गुनासो सुनेपछि यो कुरालाइ गम्भिरतापुर्बक लिइ अनुसन्धानमा जुट्न निर्देशन दिएको बताए । उनले प्रहरीलाई मिलेको यो सफललाले नागरिकमा प्रहरी प्रति अझै बिश्वासको वातावरण सिर्जना गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय दाङबाट सहायक प्रहरी नायव निरिक्षक युबराज गौतमको कमाण्डमा खटिएको प्रहरी टोलिले चोरीको मोटरसाइकल सहित गिरोहलाई समात्न सफल भएको हो ।

प्रहरीका अनुसार चोरीको मोटरसाइकिलको गिरोहमा ग्यारेजमा काम गर्ने प्राविधिक कर्मचारीको पनि संलग्नता रहेको अनुसन्धानकोक्रममा खुलेको छ । चोरीका मोटरसाइकिलमा गिरोहले ५० हजार लगानी गरेर १ लाखदेखि २ लाख सम्म बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपि मुकुन्द रिजालले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : ४४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई