७ पुस २०८२, सोमबार | December 22, 2025

लुम्बिनी प्रदेश सरकारबाट जसपाकी राज्यमन्त्री सुमन शर्मा रायमाझीले दिइन् राजीनामा



बुटवल । जनता समाजबादी पार्टीको यादव पक्षको समर्थन नरहेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सघाउन पुगेकी जसपा नेतृ सुमन शर्मा रायमाझी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री परित्याग गरेर पार्टीमा फर्किएकी छिन् ।

रायमाझीले जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकारलाई समर्थन नगरेको बताउँदै मुख्यमन्त्री पोखरेललाई राजीनामा बुझाएर पार्टीमा फर्केकी हुन् । उनले बुझाएको राजीनामा पत्रमा जनता समाजवादी पार्टी नेपालको शंकर पोखरेल नेतृत्वको सरकारलाई समर्थन नरहेको उल्लेख गरिकी छन् ।

जसपाको तपाईको नेतृत्वमा रहेका सरकारलाई समर्थन नरहेकोले मैले तपाईको सरकारमा पार्टीको समर्थन र सहयोग बिना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालको संविधानको धारा १६९ को २ को क बमोजिम आजको मितिबाट लागू हुने गरी मैले मेरो मन्त्री पदबाट राजीनामा गरेको छु ।’ उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

उनी गत बैशाख ६ गते राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  २ : ४९ बजे

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको