२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

युरोकप फुटबल : संघर्षपूर्ण जित निकाल्दै इटाली सेमिफाइनलमा



काठमाडौं । इटाली संघर्षपूर्ण जित निकाल्दै युरोकप २०२० फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम ४ मा पुगेको हो ।

खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले आक्रमण बुन्दै गएपछि तीनै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको ३१ औं मिनेटमा निको बरेल्लाले गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

उनले पेनाल्टी क्षेत्रभित्र मार्को भेराट्टीले दिएको पासलाई नियन्त्रणमा लिएर गरेको प्रहार गोल भएको थियो । ४४ औं मिनेटमा लोरेन्जो इन्सिग्नेले इटालीको अग्रता दोब्बर पारे। मैदानको बायाँ भागबाट बल लिँदै अघि बढेका इन्सिग्नेको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले बचाउन सकेनन् ।

इन्ज्युरी समयमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । इटालीका डिफेन्डर डी लोरेन्जोले डोकुलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा लुकाकुको प्रहार गोलरक्षक जियानलुइजी डोनारुम्माले ठम्याउन सकेनन् ।

दोस्रो हाफमा आक्रमक खेलेको बेल्जियम बराबरीको स्थितिमा भने फर्किन सकेन । ६१ औं मिनेटमा केभिन डी ब्रुएनको लो क्रसलाई लुकाकुले गोललाइन नजिकबाट गोल गर्न सकेनन् ।

इटालीले अब सेमिफाइनलमा स्पेनको सामना गर्नेछ । स्पेनले पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा समेटिएको स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले हराउँदै अन्तिम ४ मा स्थान बनाएको थियो ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ६ : ५२ बजे

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख