८ बैशाख २०८१, शनिबार | April 20, 2024

सप्तकोसीमा पानीको बहाव निरन्तर बढ्दै, सतर्क रहन प्रशासनको आग्रह



सुनसरी । जलाधार क्षेत्रमा निरन्तर वर्षा भैरहँदा सप्तकोसी नदीको जलस्तर यसवर्षकै उच्च विन्दुमा पुगेको छ ।

विगत केहिदिन यता सप्तकोसी नदीको वहाव निरन्तर बढिरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढेको हो । सामान्यतया नदीको वहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको वहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । शनिबार बिहान पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरिएको छ । यो यसवर्षकै उच्च बहाव हो । शुक्रबार साँझ १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानीको बहाव थियो ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार अहिलेसम्म व्यारेजका २८ वटा ढोका खोलिएका छन् । सप्तकोसीमा ५६ वटा ढोका रहेका छन् ।

कोसीमा एक लाख ५० हजार क्यूसेकभन्दा माथि पानीको बहाव बढेपछि नदी आसपासका मानिसलाई सचेत बनाउने गरिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि भने नदीले खतराको सतहमा पुगेको रूपमा लिइन्छ । ३ लाख ५० हजार क्यूसेक भन्दा माथि पानीको सतह पुगेपछि रातो बत्ती बालेर खतराको साइरन बजाउने गरिएको छ ।

सुनसरी र सप्तरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तर निरन्तर बढेका कारण सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएका छन् । पहाडी जलाधार क्षेत्रमा वर्षा जारी रहँदा कोसीको बहाव थप बढ्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ८ : ५७ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन