१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सप्तकोसीमा पानीको बहाव निरन्तर बढ्दै, सतर्क रहन प्रशासनको आग्रह



सुनसरी । जलाधार क्षेत्रमा निरन्तर वर्षा भैरहँदा सप्तकोसी नदीको जलस्तर यसवर्षकै उच्च विन्दुमा पुगेको छ ।

विगत केहिदिन यता सप्तकोसी नदीको वहाव निरन्तर बढिरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढेको हो । सामान्यतया नदीको वहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको वहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । शनिबार बिहान पानीको बहाव एक लाख ८० हजार सात सय ७० क्यूसेक मापन गरिएको छ । यो यसवर्षकै उच्च बहाव हो । शुक्रबार साँझ १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानीको बहाव थियो ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार अहिलेसम्म व्यारेजका २८ वटा ढोका खोलिएका छन् । सप्तकोसीमा ५६ वटा ढोका रहेका छन् ।

कोसीमा एक लाख ५० हजार क्यूसेकभन्दा माथि पानीको बहाव बढेपछि नदी आसपासका मानिसलाई सचेत बनाउने गरिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि भने नदीले खतराको सतहमा पुगेको रूपमा लिइन्छ । ३ लाख ५० हजार क्यूसेक भन्दा माथि पानीको सतह पुगेपछि रातो बत्ती बालेर खतराको साइरन बजाउने गरिएको छ ।

सुनसरी र सप्तरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तर निरन्तर बढेका कारण सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएका छन् । पहाडी जलाधार क्षेत्रमा वर्षा जारी रहँदा कोसीको बहाव थप बढ्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ८ : ५७ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर

सरकार र पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गरिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालय

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,