१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

पृथ्वी राजमार्गको बेनिघाट नजिकै पहिरो, सवारी पुरिँदा दुई जनाको मृत्यु, ६ घाइते



काठमाडौं । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

बेनिघाट रोराङको वडा नं. १० स्थित जवाङ खोला नजिकै तिघरन खानीमा राजमार्गमाथिबाट आएको पहिरोले पाँच वटा सवारी साधन पुरेको छ।

पहिरोमा ना ८ ख ४५४० नम्बरको ट्रक ट्रक पुरिदा चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै, ना ७ ख ३२० नम्बरको कन्टेनरमा रहेका भारत घर भएकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको छ। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चेपाङको शव ट्रकमा चेपिएको अवस्थामा छ भने सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताए । तीन जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

राजमार्गमा पुरिएका सवारी साधन पहिरो रोकिएपछि खोजी गर्न सकिने प्रहरीको भनाइ छ । सडक अवरुद्ध हुदाँ मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ । त्यस्तै नारायणगढदेखि काठमाडौँंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका सहित गजुरी गाउँपालिका लगायतका सडक पहिराले अवरुद्ध भएको छ । त्यस्तै धादिङ सदरमुकाम जोड्ने कालुपाण्डे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिकाका परेवाटारमा पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ९ : ५१ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम