१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

रुकुम पश्चिममा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप, दुईजना गम्भीर घाइते



रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ ।

खदीको तलिगाउँ र माथिगाउँमा रहेका कांग्रेस र माओवादी कार्यकर्ताबीच सामान बोकेर ल्याएको घोडा र ट्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा झडपको स्थिति सिर्जना भएको थियो ।

शुक्रबार राति आठबिसकोट नगरपालिका-३ खदीमा भएको दोहोरो झडपमा परेर माओवादीका दुईजना कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा गोपाल विक र राजु विक रहेका छन् ।

झडपमा संलग्न नेपाली कांग्रसका गोपाल बोहरासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १० : ५५ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति