१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

गोरखामा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु



गोरखा । गोरखाको सिरानचोक गाउँपालिका(७ उपल्लो गोहारेमा पहिरोले पुरिएर दम्पतीको मृत्यु भएको छ ।

शुक्रबार मध्यराति घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा च्यापिएर ८६ वर्षीय रमन पाण्डे र उनी श्रीमती ६८ वर्षीया नन्दकुमारी पाण्डेको ज्यान गएको सिरानचोक गाउँपालिका-७ का वडा अध्यक्ष सुरज ढकालले बताए । घरमा उनीहरु दुई जनामात्र रहेको र पहिरो खसेर घर पुरिएको विहान मात्र थाहा भएको उनले बताए ।

पुरिएको घरबाट चार घन्टा लगाएर उनीहरुको शव निकालिएको ढकालले बताए । गोरखाका विभिन्न भागमा तीनदिन यता लगातार वर्षा भइरहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार गोरखाको बारपाक र लमजुङ्गको घारेढुङ्गा वर्षामापन केन्द्रमा भारी वर्षा भएको तथा दरौंदी खोलाको नयाँसाँघु जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ११ : १३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम