११ बैशाख २०८१, मंगलबार | April 24, 2024

भन्सार छलेर नेपाल पैठारी हुँदै गरेको ८ लाख बढीको सामान प्रहरीबाट बरामद



नेपालगन्ज । भन्सार छलेर नेपाल पैठारी हुँदै गरेको ठुलो परिमाणको व्यवसायीक सामाग्री बाँके प्रहरीले बरामद गरेको छ । बाँके प्रहरीले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै भन्सार छलि अबैध रुपमा नेपाल भित्राईएका करीब ८ लाख मुल्य बराबरका सामग्री बरामद भएको जनाएको हो ।

बिना भन्सार नेपाल पैठारी गरिएको कपडाहरु नेपालगन्ज उपमहानगरपालिका ७ एम.पि. स्कुल नजिकबाट प्रहरीले बरामद गरेको हो । सो स्थानमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाह बस्ने ३२ वर्षिय मोनु कवडियाले कोठा भाडामा लिएर अबैध सामग्री राखेको सुचनाका आधारमा प्रहरीले छापा मारी सामग्री बरामद गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। प्रहरीका अनुसार कवडियाको कोठा खानतलासी गर्दा भारतबाट अबैध रुपमा भन्सार छली भित्राईएका मोटरसाईकल तथा गाडीका पाटपुर्जा, कपडा, छाता लगायत अन्दाजि ८ लाख मुल्य बराबरको सामान भेटिएको थियो ।

प्रहरीले बरामद गरीएको सामग्री आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंजमा पठाईएको जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १० : ०२ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना