१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

भन्सार छलेर नेपाल पैठारी हुँदै गरेको ८ लाख बढीको सामान प्रहरीबाट बरामद



नेपालगन्ज । भन्सार छलेर नेपाल पैठारी हुँदै गरेको ठुलो परिमाणको व्यवसायीक सामाग्री बाँके प्रहरीले बरामद गरेको छ । बाँके प्रहरीले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै भन्सार छलि अबैध रुपमा नेपाल भित्राईएका करीब ८ लाख मुल्य बराबरका सामग्री बरामद भएको जनाएको हो ।

बिना भन्सार नेपाल पैठारी गरिएको कपडाहरु नेपालगन्ज उपमहानगरपालिका ७ एम.पि. स्कुल नजिकबाट प्रहरीले बरामद गरेको हो । सो स्थानमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाह बस्ने ३२ वर्षिय मोनु कवडियाले कोठा भाडामा लिएर अबैध सामग्री राखेको सुचनाका आधारमा प्रहरीले छापा मारी सामग्री बरामद गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। प्रहरीका अनुसार कवडियाको कोठा खानतलासी गर्दा भारतबाट अबैध रुपमा भन्सार छली भित्राईएका मोटरसाईकल तथा गाडीका पाटपुर्जा, कपडा, छाता लगायत अन्दाजि ८ लाख मुल्य बराबरको सामान भेटिएको थियो ।

प्रहरीले बरामद गरीएको सामग्री आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंजमा पठाईएको जनाएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १० : ०२ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति