१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

युरोकप फुटबल : युक्रेनमाथि ४-० को जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश



काठमाडौं । जारी युरोकपको सेमिफाइनलमा इंग्ल्यान्ड प्रवेश गरेको छ ।

शनिबार मध्यरातमा सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनमाथि ४-० को जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे भने ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनको नाममा एकरएक गोल रह्यो ।

इटालीको स्टाडियो ओलम्पिको स्टेडियममा भएको खेलमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको चौथो मिनेटमै रहिम स्ट्रर्लिङको पासमा उनले गोल गरेका थिए ।

पहिलो हाफमा १-० गोलले अघि रहेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गर्यो । खेलको ४६औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए ।

खेलको ५० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै केनले इंग्ल्यान्डको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ६३ औं मिनेटमा परिवर्तित खेलाडी हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४-० को जित दिलाए ।

इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । डेनमार्क शनिबार राति सम्पन्न अर्को खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : ५३ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग