१२ असार २०८३, शुक्रबार | June 27, 2026

युरोकप फुटबल : युक्रेनमाथि ४-० को जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश



काठमाडौं । जारी युरोकपको सेमिफाइनलमा इंग्ल्यान्ड प्रवेश गरेको छ ।

शनिबार मध्यरातमा सम्पन्न क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनमाथि ४-० को जित निकाल्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे भने ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनको नाममा एकरएक गोल रह्यो ।

इटालीको स्टाडियो ओलम्पिको स्टेडियममा भएको खेलमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको चौथो मिनेटमै रहिम स्ट्रर्लिङको पासमा उनले गोल गरेका थिए ।

पहिलो हाफमा १-० गोलले अघि रहेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गर्यो । खेलको ४६औं मिनेटमा डिफेन्डर मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए ।

खेलको ५० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै केनले इंग्ल्यान्डको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ६३ औं मिनेटमा परिवर्तित खेलाडी हेण्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई ४-० को जित दिलाए ।

इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । डेनमार्क शनिबार राति सम्पन्न अर्को खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ६ : ५३ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३