१९ माघ २०८२, सोमबार | February 2, 2026

मनसुन सुरु भएयता बाढीपहिरोमा परेर ४० को मृत्यु, २४ जना बेपत्ता



काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी यो वर्ष मनसुन सुरु भएयता (गतजेठ ३० गतेदेखि) शनिबार दिउँसोसम्म ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २१ पुरुष, १२ जना महिला तथा ७ जना बालबालिका रहेका छन ।

मृत्यु हुनेमध्ये सिन्धुपाल्चोकमा ५, डोटीमा ४, रोल्पा र गोरखामा ३-३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २-२ जना, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १-१ जना छन ।

बाढीपहिरो र डुबानमा परी सोहीअवधिमा ५१ जना घाइते भएका छन । तीमध्ये २७ पुरुष, १२ महिला तथा १२ बालबालिका रहेका छन । घाइते हुनेमा तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा ५-५ जना, खोटाङ, सर्लाही, धादिङ, कास्की, म्याग्दी र डोटीमा ३-३ जना, जुम्ला र गोरखामा २-२ जना, पाँचथर, रौतहट, स्याङ्जा, धनुषा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १-१ जना रहेका छन ।

सोही अवधिमा बाढीपहिरोमा परी २४ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा १५ पुरुष, ६ महिलातथा ३ जना बालबालिका रहेका छन । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना र बाजुरामा १ जना रहेका छन । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढी तथा पहिरोमा परेका १ हजार २ सय ५० जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । उद्धारपश्चात उनीहरुलाई तत्काल उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो ।

पहिरो तथा बाढीको कारण अवरोध भएका विभिन्न स्थानका सडकसमेत सुचारु गराइएको छ । यसबीचमा बाढीको कारण ७ सय ९० वटा घर डुबानमा परेका छन् ३९ वटा पुल, ३ वटा विद्यालय र ११ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ८ : १२ बजे

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको

बालेन्द्र साहसहित २९ जना उम्मेदवारलाई सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ