७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोशीबाट फैलिँदै मनसुन लुम्बिनीसम्म पुग्यो



काठमाडौं । यो वर्षको मनसुन लुम्बिनीका केही भू-भागसम्म प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार (जेठ २९) कोसीको बाँकी भू-भाग, मधेस, वाग्मती, गण्डकीका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा प्रवेश गरेको छ ।

नेपालमा मनसुन जेठ १५ गते राति नेपाल प्रवेश गरेको थियो । मनसुन पूर्वबाट प्रवेश गरी कोसी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको थियो ।

“यस वर्षको मनसुन प्रणाली आज मिति २०८२/०२/२९ (१२ जुन) गतेका दिन कोसी प्रदेशको बाँकी भू-भाग, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा प्रवेश गरेको छ,” महाशाखाले बिहीबार जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यसपालि औसत मिति (जुन १३)भन्दा १५ दिनअगावै मनसुन नेपाल भित्रिएको छ । गत वर्ष जेठ २८ गते अर्थात् औसत मितिभन्दा तीन दिन छिटो (जुन १०) मनसुन नेपाल भित्रिएको थियो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ६ : ४३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज