२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

आजबाट देशभर फैलियो मनसुन



काठमाडौं । सरदर १५ दिनअगाडि प्रवेश गरेको मनसुन फैलन भने समय लागेको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार बुलेटिन जारी गर्दै २३ दिनमा देशभर मनसुन विस्तारित भएको बताएको हो ।

‘यस वर्षको मनसुन प्रणाली शुक्रबार (जेठ ६) गते (सन् २०२५ जुन २० तारिख) का दिन देशभ फैलिएको छ । नेपालमा यस वर्षको मनसुन जेठ १५ गते (सन् २०२५ मे २९ तारिख) देशको पूर्वी भू-भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भू-भागमा विस्तार भएकोमा मिति २०८२/०२/२९ गते (सन् २०२५ जुन १२ तारिख) मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भाग सम्म विस्तार भएको थियो,’ विभागले बुलेटिनमार्फत् भनेको छ ।

नेपालमा मनसुन साधारणतया जून १३ तारिखमा देशको पूर्वी भू-भागबाट प्रवेश गरी एक हप्ता भित्र विस्तार हुने गर्दछ ।

‘यस वर्ष मनसुन सरदर मितिभन्दा १५ दिन छिटो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसुन विस्तार हुन यस वर्ष २३ दिन लागेको छ,’ विभागले बताएको छ ।

मनसुनका सुरुवाती दिनदेखि नै देशभर बाढी-पहिरोले सडक अवरुद्ध हुने लगायतका घटनाहरु देखिएका छन् । यस वर्षको मनसुनमा २० लाख भन्दा बढी व्यक्ति प्रभावित हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुमान गरेको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १ : ५० बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,