२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

प्रतिनिधिसभा विघटन मुद्दा : सभामुखका वकिलद्वारा बहस जारी



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलसामा सभामुख पक्षका वकिलले बसह सुरु गरेका छन् ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको पाँच सदस्यीय इजलासमा सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट आज दुई घण्टामा पाँच जना वकिलले बहस सक्दैछन् ।

बहसको थालनी अधिवक्ता मेघराज पोखरेलले गरेका छन् । सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्।

रिट निवेदहरुले सभामुख सापकोटालाई विपक्षी बनाएपनि उनले पनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जिकिर गर्दै बहस नोट बुझाइसकेका छन् । त्यसैले महान्यायाधिवक्ताले सभामुख पक्षलाई जम्मा एक घण्टाको समय दिएपछि वकिलहरुले असन्तुष्टि जनाएका थिए । त्यसपछि इजलासले थप एक घण्टाको समय दिएको थियो ।

सभामुख पक्षको बहस सकिएपछि रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु हुनेछ । इजलासले यसका लागि ३ घण्टा समय तोकेको छ । जवाफी बहस सकेपछि चार जना एमीकस क्यूरीले दुई घण्टाभित्र राय दिनेछन ।

त्यसपछि इजलासले फैसलाको मिति तोक्नेछ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १२ : ०९ बजे

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका-इरानबीच

‘अनलाइन’बाट मतदाता नाम दर्ता

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर