२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

फलानोको बहुमत छ प्रधानमन्त्रीमा नियुक्त गर भनेर अदालतले कसरी आदेश दिन सक्छ ? : प्रधानन्यायाधीसको प्रश्न



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले सांसदहरुको बहुमत पुगेको छ भन्दैमा फलानोलाई प्रधानमन्त्रीलाई नियुक्त गर भनेर कसरी आदेश दिनसक्छ भन्ने प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा भैरहेको सुनुवाइका क्रमाम प्रधानन्यायाधीस राणाले सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस गरिरहेका वकिललाई यस्तो प्रश्न गरेका हुन् ।

अधिवक्ता मेघराज पोखरेललाई राणाले १४६ जना सांसदको सनाखतका आधारमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको भन्दै यसैलाई मात्र आधार मानेर अदालतले कसरी आदेश दिन सक्छ भन्ने प्रश्न गरेका हुन् ।

प्रधानन्यायाधीस राणाले सोधे– ‘अदालतले अब १ सय ४६ जनाको हस्ताक्षरलाई नै आधार मान भन्न मिल्छ र रु एकसय ४६ जना उपस्थित भएपछि प्रमाणीकरण गर्नुपर्छ भन्ने कुरा हिजो, अस्ति पनि बहसमा आयो, १४६ जनाले समर्थन गरेको नेतालाई बनाउ भनेर, यो प्राक्टिस गर्दा राम्रो हुन्छ ?

अधिवक्ता पोखरेलले भने जवाफमा धारा ७६ (५) मा सांसदहरुलाई ह्वीप नलाग्ने तर्क गरे । उनले भने, ‘संविधानमा धारा ७६ (५) मा हिृप लाग्छ भनेर लेखेको छैन ।’

इजलासले पोखरेललाई थप प्रश्न गर्दै धारा ७६ (५) मा उपधारा २ बमोजिमको सदस्य लेखिएको छ, त्यसको अर्थ के हो भनेर सोधेको छ ।

जवाफमा पोखरेलले ७६ (५) ले भन्न खोजेको पनि उपधारा २ नै हो भने सो उपधारा किन राख्नु पर्यो र भन्दै प्रतिप्रश्न गरेका छन् । उनले फरक यहीँ भएको तर्क गरे ।

 

 

प्रकाशित मिति : २० असार २०७८, आइतबार  १ : १८ बजे

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

संयुक्त राष्ट्रसङ्घ । लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका-इरानबीच

‘अनलाइन’बाट मतदाता नाम दर्ता

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर