१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

संचारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकका विरुद्ध पत्रकार महासंघ बाँकेले पठायो ज्ञापनपत्र



नेपालगन्ज । लुम्विनी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गराएको संचारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पुर्नलेखनको माग गर्दै बाँकेका पत्रकारहरुले मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र पठाएका छन् ।

दर्ता गरिएको सञ्चार बिधेयक फिर्ता गरेर पुर्नलेखन गर्न माग गर्दै नेपाल पत्रकार महासघ बाँकेले आईतवार बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेललाई ज्ञापनपत्र पठाएको हो । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा बोल्दै पत्रकार अगुवाहरुले विधेयको उदेश्य प्रदेश भरीका संञ्चार माध्यमहरुको हकहीतको रक्षा गर्ने र नियमन गर्ने हुनु पर्नेमा पत्रकार पत्रकारितालाई कुन्ठित पार्ने उद्देश्यबाट प्रेरित रहेको बताए ।

महासंघ लुम्विनी प्रदेश समितिका उपाध्यक्ष शुक्रऋषी चौलागाईले विधेयकको प्रस्तावनादेखि अधिकाश धारा उपधारमा संचार माध्यम र संचारकर्मीहरुलाई डण्ड जरीवनादेखि जेल सजाँयसम्मको प्रवाधन राखिएको बताउँदै तत्काल फिर्ता लिई पुर्नलेखन गर्न माग गरेका थिए ।

महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलि, सल्लाहकार डक्ट धिताल, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली लगायत अग्रज पत्रकार एवं आस्थागत संघसंगठनका अगुवाहरुले मिडिया र मिडयाकर्मीहरुमाथी कानुनी डण्डा चलाउने सोच विधेयकमा प्रष्ट झल्कीएको बताएका छन् ।

‘महासंघ बाँकेका अध्यक्ष भण्डारीले विधेयक प्रदेश सभावाट फिर्ता गरेर पुर्नलेखनको वातावरण मिलाउन माग गरे । संचार माध्यम र संचारकर्मीहरुको मर्म र धर्म बुझ्नु भएकोले मुख्यमन्त्रीका हिसावले तत्काल सरोकारवालाहरुसंग छलफल गराएर संचारमैत्री विधेयक निमार्णको वातावरण बनाउनु हुने छ ।’ महासंघ बाँकेले पठाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझाउँदै महासंघ बाँकेका अध्यक्ष भण्डारीले बिधेयक फिर्ता नलिएर यही अवस्थामा अघि बढेमा थप आन्दोलनका कार्यक्रमहरु प्रदेशभरी नै संचालन गर्न वाध्य हुने चेतावनी दिए ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  २ : ३६ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति