१९ असार २०८३, शुक्रबार | July 3, 2026

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि आज बहस सकिँदै, फैसला कहिले आउला ?



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ । असार ९ गतेबाट निरन्तर जारी सुनुवाइको क्रममा जारी बहस आज संभवतः सकिँदैछ ।

इजलासले उपलब्ध गराएको समयभित्र मुद्दाका पक्षले पहिला १२ घण्टा बहस सकेका छन् । त्यसपछि विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, प्रधानमन्त्री कार्यालय र सभामुखको पक्षबाट १५ घण्टा प्लस १ घण्टामा बहस सकिएको छ । मुद्दाको विपक्षी बनाइएपनि प्रतिनिधिसभा विघटन विरुद्ध बहस गर्ने भएपछि महान्यायाधिवक्ता कार्यालयले सभामुखका वकिललाई जम्मा १ घण्टा उपलब्ध गराएको थियो । तर, सभामुख पक्षले त्यसमा असन्तुष्टि जनाएपछि इजलासले थप एक घण्टा थपिदिएको थियो ।

इजलासले रिट निवेदक पक्षलाई जवाफी बहसका लागि ३ घण्टाको समय उपलब्ध गराएको छ । आइतबार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले ५८ मिनेट जवाफी बहस गरेका छन् । अब पक्षसँग २ घण्टा दुई मिनेट बाँकी रहेको छ । आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले ४०/४० मिनेट बहस गर्नेछन् ।

जवाफी बहस सकिएपछि चार जना एमीकस क्यूरीले २ घण्टामा आफ्नो राय दिनेछन् । एमीकस क्यूरीले आफ्नो राय दिएपछि मुद्दाको सुनुवाइ सकिनेछ।

हालसम्म निर्धारित सयमभित्रै पक्ष विपक्षका वकिलहरुले बहस गरिरहेका छन् । सुनुवाइ सकिएपछि आजैबाट फैसलाको प्रतिक्षा हुनेभएको छ । संभवतः इजलासले आजै कहिले फैसला सुनाउने भन्नेबारेमा जानकारी गराउनेछ ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा वरिष्ठ न्यायाधीसहरु न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा मुद्दा सुनुवाइ भइरहेको छ ।

 

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ९ : ०२ बजे

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा

आठ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ